back
CTIZAN AD

हामी नेपाली ग्लोवलको न्युर्योक च्याप्टर गठन, अध्यक्षमा कुँवर

वि.सं.२०७९ वैशाख २० मंगलवार

1.1K 

shares

काठमाडौं । हामी नेपाली ग्लोवलले ध्रुव कुँवर क्षेत्रीको नेतृत्वमा न्युर्योक च्याप्टर गठन गरेको छ ।

हामी नेपाली ग्लोवलका अध्यक्ष अमृत लामाले पानसमा बत्ति बालेर उद्घाटन गरेको उक्त कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो ।

No description available.

 

सो कार्यक्रममा अध्यक्ष लामाले संस्था स्थापना गर्नुको उद्धेश्यबारे राख्दै संसारभरी छरिएर रहेका नेपालीहरुलाई गोलबन्द भएर नेपाल र नेपालीलाई चिनाउने मात्र नभएर अन्य काम उदाहरणीय र नमुनाको रुपमा काम गर्नु आवस्यक भएको बताए । उनले नेपालीहरु संसारको जुनसुकै कुनामा रहेपनि नेपाली भिलेज स्थापना गनुपर्ने र नेपालमा पनि कृषि लगायतका क्षेत्रमा आवस्यक अनुसार काम र तालिमको व्यववस्था गर्नुपर्ने बताए ।

No description available.

 

त्यसैगरी समाजका बरिष्ठ उपाध्यक्ष नवराज केसीले छोटो समयमा सबैले साथ दिएको भन्दै अमेरिकामा रहेर समाजले गर्नसक्ने विभिन्न विषयमा आफ्ना भनाइ राखेका थिए । कोरोना महामारीको समयमा केसीले गरेका उदाहरणीय कार्य तथा सहयोगप्रति उपस्थित सबैले खुलेर प्रसंसा गरेका थिए ।

एनआरएनए अमेरिकाका न्यूयोर्क च्याप्टरका सभापति आङछिरीङ शेर्पाले महाधिबेशन सफलताको शुभकामना दिँदै विदेशमा बस्ने नेपालीले एकजुट भएर अगाडि बढ्दा नेपाल र नेपालीको लागि केही गर्न सकिने भन्दै आउने नेपाल डे परेडमा सहभागी हुन सबैमा अनुरोध गरेका थिए ।

No description available.

हामी नेपाली ग्लोबलका स्पोर्ट डाइरेक्टर मोहन वाइवाले निकट भविष्यमा खेलकुद अभियानलाई अगाडि बढाउने बताउँदै सकेको सहयोग गर्न सबैमा अपिल गरेका थिए । उनले खेलकुदले राष्ट्रिय खेल र खेलाडीलाई चिनाउन सहयोग हुने बताए ।

समाजका जनसम्पर्क विभागका विभागीय प्रमुख शोभाकान्त पाण्डेले उपस्थिति सबैलाई धन्यवाद दिँदै सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

No description available.

त्यस्तै समाजकी अमेरिका सचिव गोमा योन्जनले न्युर्योकमा मात्र नभएर अन्य राज्यमा पनि च्याप्टर गठन गरेर संस्थालाई बलियो बनाउनुपर्ने कुरा राखेकी थिइन् ।

त्यसैगरी तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेवाङ लामा, हिमानी ट्रष्ट न्युर्योकका अध्यक्ष जोन खड्गी, रुपा इन्टरटेनमेन्ट एजेन्सीका संस्थापक अध्यक्ष रुद्र पुन, कलाकार संघ अमेरिकाकी प्रथम उपाध्यक्ष बसन्ती राई, फिप्नाका सभामुख सुवर्ण कुमार शाक्य, पत्रकार शान्तिराज राई, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका लारक्यान लामा, मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना मगर लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा समाजका केन्द्रीय प्रवक्ता केशवराम राईले स्वागत मन्तव्य राखेका थिए ।

त्यसैगरी दोस्रो चरणको कार्यक्रममा निर्वाचन आयुक्त शान्तिराज राई र सदस्यहरु संगीता श्रेष्ठ, आरती लामा रहेका थिए भने कार्यक्रम संचालन संचारकर्मी तथा कलाकार बिक्की पुलामीले संचालन गरेका थिए ।

यस्तो छ न्युर्योक च्याप्टरको कार्यसमिति
दोस्रो चरणको कार्यक्रममा सर्बसम्मतिमा ध्रुव कुँवर क्षेत्रीको नेतृत्वमा हामी नेपाली ग्लोवलको न्युर्योक च्याप्टर गठन गरिएको छ ।

च्याप्टरको प्रथम उपाध्यक्षमा बसन्ती राई र उपाध्यक्षहरुमा श्री शिवाकोटी, टेक भट्ट राई, सुर्वण कुमार शाक्य, महासचिवमा अन्जित गुरुङ, सचिवमा सुहाना लामा र सहसचिवमा फुर्साङ लामा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा शुसान राई, काजि शेर्पा, टेक कार्की, रोशन राई (संस्कृति विभाग प्रमुख), शौरभ राई, शान्ति तिवारी, भिम बहादुर तामाङ, रुपा शाह, बुपिद्ध गुरुङ, दावा गोले, लाक्पा शनम शेर्पा, रक लामा, पुर्ण तामाङ, पासाङ नोर्बु शेर्पा, उधिर राई, दावा शेर्पा, सुदीप राई रहेको कार्यक्रम संयोजक केशवराम राईले जानकारी दिएका छन् ।

 

वि.सं.२०७९ वैशाख २० मंगलवार १६:१५ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...