back
CTIZAN AD

जोड-घटाउमा थोरै तलमाथी भए राष्ट्रिय अर्थतन्त्रमा नै असर पर्ने अर्थ मन्त्री शर्माको भनाई

वि.सं.२०७९ वैशाख २० मंगलवार

597 

shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सम्पत्तिको लेखापरीक्षण गर्ने क्रममा जोड-घटाउमा थोरै मात्र तलमाथी भए राष्ट्रिय अर्थतन्त्रमा नै असर पर्ने बताएका छन् । अर्थ मन्त्री शर्माले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आज काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अर्थ मन्त्री शर्माले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यावसायिक लेखापरिक्षण हुनुपर्ने बताए । उनले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक बिमुख हुन नहुने धारणा समेत राखे ।

अर्थ मन्त्री शर्माले लेखापरीक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको बताए । उनले वित्तीय अनुशाशन कायम गर्न/गराउन लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने समेत बताए ।

मन्त्री शर्माले लेखापरीक्षण कुनै संस्था वा कम्पनीको हिसाबकिताबमा मात्रै सिमित नभई समग्र देशको सम्पत्ति मूल्याङ्कनमा पनि प्रयोग हुनुपर्ने बताए । उनले अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने बताउँदै हिमालको सम्पत्ती, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको बताएका छन् ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १७:३३ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...