हेटौंडा । स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै पार्टीको चुनावी प्रचार प्रसार अभियानमा लागेका छन् । मंगलबार मन्त्री खतिवडा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका थिए ।
उनी हेटौंडा उपमहानगरपालिकामा पाँचदलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागि भएका थिए ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ ।
तर, मन्त्री खतिवडा सरकारी नम्बर प्लेटको झण्डावाल गाडी लिएर चुनावी कार्यक्रममा पुगेका हुन् ।
वि.सं.२०७९ वैशाख २० मंगलवार १७:५५ मा प्रकाशित






























