back
CTIZAN AD

कलाकार सन्दिप क्षेत्रीले मागे रेनु दाहालको पक्षमा भोट

वि.सं.२०७९ वैशाख २२ बिहीवार

624 

shares

काठमाडौं। चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्रीले चितवनको भरतपुर महानगरमा प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन् । बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त कार्यक्रममा बोल्दै क्षेत्रीले दाहालको पक्षमा भोट मागे ।

“खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ”, क्षेत्रीले भनेका छन्, “दिदी (रेनु दाहाल)को कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउ–आउ लाग्यो ।”

आफुले कुनै पार्टीको सदस्य नलिएको भन्दै क्षेत्रीले कार्यक्रममा आउनुअघि आमालाई सोधेको र आमाले पनि रेनुले राम्रो काम गरेको भन्दै गएर बोल्दा फरक नपर्ने भनेकाले आफू बोल्न आएको बताए। “मैले मेरो कार्यक्रममा जानुअघि आमालाई सोधेँ, दिदीको यस्तो कार्यक्रम रहेछ बोलिदिउँ ?”, सन्दीपले भने, “आमाले पार्टीको लागि होइन, संगठनका लागि होइन, तैंले देशको लागि बोल्ने हो भन्नुभयो। त्यो केटीले देशको लागि काम गरिरहेको छ। बोल्दा हुन्छ भन्नुभयो।”

क्षेत्रीले चितवनमा रेनुले दिदीबहिनीले दाजुभाइलाई तिहारमा दिइने आशीर्वाद, लगाइदिने माला र पहिराउने टिकाजस्तै चितवनलाई सुरक्षित, सुखमय राख्नुपर्ने पनि बताए। उनले भने, “मैले तपाईंलाई दिदी भनिरहेको छु। यो चितवन तपाईंको भाइ हो, दाइ हो। अब यसमा तपाईंको यस्तो घेरा कोर्नुहोस्, चितवनका हरेकले आफूलाई सुरक्षित महसुस गरून्। सांस्कृतिक, भौतिक हरेक रुपले तपाईंहरुले सुरक्षित महसुस गराउनुहोस् ।”

वि.सं.२०७९ वैशाख २२ बिहीवार १६:३६ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...