back
CTIZAN AD

गोल्डस्टारको खरिदमा ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा विशेष छुट

वि.सं.२०७९ वैशाख २३ शुक्रवार

711 

shares

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ ।

आज राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो । सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट पाइने छ ।

सम्झौता पत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरे । यही वैशाख २३ गतेदेखि सुरु हुने यो अफर सिमित समयसम्म मात्र चल्ने बताइएको छ । जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेभ चेक आउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक फोरमहरुमा क्यूआरमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको छुट पाइन्छ ।

आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेतले ‘आइएमई पे’ र गोल्डस्टारबीचको सम्झौताले हामी निकै उत्साहित भएको बताए । उनले सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरूको साथै नयाँ प्रयोगकर्ताहरूलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिने बताए ।

यस्तै, गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाग्ने कुरामा विश्वस्त रहेको बताए ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०७:२२ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...