back
CTIZAN AD

हवाना होटल विस्फोट परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

वि.सं.२०७९ वैशाख २५ आइतवार

780 

shares

हवाना । हवानाको मध्य क्षेत्रमा रहेको एउटा सुविधा सम्पन्न होटलमा शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । घटनामा एक स्पेनी पर्यटकसहित २५ जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले शनिबार जनाएको छ । ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको एक दिनपछि सो घटनाबारे क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

होटलको स्वामित्वमा रहेको कम्पनीका प्रमुख गाभिओटाका रोबर्टो काल्जाडिल्लाका अनुसार ग्याँस ट्याङ्कर भरिरहेका समय विस्फोट भएको बताए । विष्फोट हुँदा होटलभित्र कर्मचारीहरू यसको पूनर्निर्माण पछिको पुनःस्थापनाको तयारीमा रहेको बताइएको छ । उक्त होटेल आगामी मंगलबारबाट औपचारिकरूपमा पुनः सञ्चालनको तयारी गरिएको थियो ।

उद्धारकर्ताहरूले अझै पनि बाँचेकाहरूको खोजीमा प्रतिष्ठित सारातोगा होटेलका बाँकी रहेका स्थानमा खोजी जारी राखेका छन् । घटना स्थानीय समय अनुसार शुक्रबार अधिकारीहरूले विस्फोटमा ५० जनासम्म घाइते भएको हुनसक्ने बताएका थिए ।

“स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले ट्वीटरमा भन्नुभएको छ, “क्युबामा भएको भयानक दुर्घटनामा एक स्पेनी पर्यटकको मृत्यु भएको छ भने अर्का एक स्पेनी नागरिक गम्भीर घाइते भएका छन् । उनीहरू सारातोगा होटलमा विस्फोट हुँदा त्यही होटेलमा रहेको पुष्टि भएको छ ।”

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका क्युवाको उतm टेलिभिजन जानकारी गराएको छ ।

क्युबाका राष्ट्रपति मिगेल डियाज–क्यानेलले ट्विट गर्दै भनेका छन्, “जे भयो, त्यो निकै दुःखको कुरा हो, खासगरी होटेलमा भएको भयानक विष्फोटमा मानवीय क्षति भएको र केही पाहुना र कामदार घाइते भएका छन् । घटनास्थलमा आवश्यक उद्धारका लागि खटिएका सबै उद्धारकर्मीलाई खोजीलाई थप तीब्रता दिन अनुरोध गर्दछु ।”

विस्फोटबाट होटेलको अघिल्तिरको ठूलो भाग भत्किएको टेलिभिजनद्वारा प्रशारित दृश्यचित्रमा देखिएको छ । विक्ष्फोटका कारण होटेलका कैयौँ झ्यालहरू तथा होटेलबाहिर पार्क गरिएका गाडीहरूमा व्यापक क्षति भएको छ । उक्त घटनामा नजिकैको ब्याप्टिस्ट चर्चको गुम्बज पनि ढलेको छ ।

विष्फोटपछि एम्बुलेन्स र दमकलहरू तत्काल घटनास्थलमा पुगी प्रहरी र तालिमप्राप्त उद्धारकर्मीले त्यस इलाकालाई घेरा हाली उद्धार गरिएको थियो ।

राष्ट्रिय राजधानीमा रहेको उक्त होटेलको भवनमा क्युबा क्रान्ति अघि क्युवाको संसद रहेको थियो । सारातोगा होटलमा ९६ कोठा, दुई बार, दुई रेस्टुरेन्ट, स्पा र जिम छन् । सन् १८८० मा व्यापारिक भवनका रूपमा निर्माण गरिएको र संसदका लागि पनि प्रयोग गरिएको उक्त भवनलाई सन् १९३३ पछि होटेलमा परिणत गरिएको थियो । एएफपी

 

वि.सं.२०७९ वैशाख २५ आइतवार ०८:०७ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...