back
CTIZAN AD

लगनशील अध्ययनले सफलता

वि.सं.२०७९ वैशाख २६ सोमवार

1.1K 

shares

मोरङ । स्थानीय अरनिको आवासीय माविमा अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षामा राम्रो अवसर पाउने गरेका छन् । विराटनगर–१० मा रहेको उक्त माविमा अध्ययन गरेका २६ छात्रछात्राले विसं २०७८ मा चिकित्सा शास्त्र, पारामेडिकल र इञ्जिनीयरिङमा पूर्ण छात्रवृत्तिको अवसर पाएको सो विद्यालयले जनाएको छ । पूर्ण छात्रवृत्ति प्राप्त गर्ने चिकित्सा शास्त्रतर्फ दुई छात्रासहित १०, पारामेडिकलतर्फ एक छात्रासहित आठ र इञ्जिनीयरिङ क्याम्पस पुल्चोकमा आठ छात्र छन् ।

विद्यालयद्वारा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा चिकित्सातर्फ छात्रवृत्ति प्राप्त विद्यार्थी प्रज्वलराज माझीले शिक्षकको सही मार्गदर्शन र लगनशील भई अध्ययन गरेका कारण सफलता हासिल गर्न सफल भएको बताए ।

सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी दिवस थापाद्वारा स्थापित ‘सुरेन्द्र एवं रीता थापा स्मृति’ पुरस्कारबाट कक्षा ११ मा अध्ययनरत विद्यार्थी नीरज रेग्मी र निकिता झालाई रु ३५ हजारको छात्रवृत्ति प्रदान गरियो । विसं २०५६ मा स्थापित विद्यालयमा दशजोड दुईको विज्ञान सङकायतर्फ एक हजार ६००, व्यवस्थापन र होटल व्यवस्थापनतर्फ १०० छात्रछात्राले अध्ययन गरिरहेका छन् ।

वि.सं.२०७९ वैशाख २६ सोमवार १६:३६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...