back
CTIZAN AD

ग्लोबल र एनसीएचएलबीच बिल भुक्तानी सम्बन्धी सम्झौता

वि.सं.२०७९ वैशाख २७ मंगलवार

591 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच सम्झौता भएको छ ।
नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सोमबार उक्त सम्झौता गरिएको हो ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध–सरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु उपलब्ध हुने व्यवस्था गरेको छ । साथै बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्ट, लगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउने छ ।
सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंक सदैव अग्रसर रहिआएकोे छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५९ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय ७० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७९ वैशाख २७ मंगलवार ०६:२९ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...