काठमाडौं । ८ मे १८८६ माजर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोलाकम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ ।
यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले गरेका हुन् । आज यो पेय पदार्थ करोडौं मानिसहरुको प्रिय बनेको छ ।
कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मादुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गरेको थियो ।
नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेयपदार्थका किफायती विकल्पहरु उपलब्ध गराउँदै उनीहरुलाई आफ्नो आवश्यकताअनुसारको प्याकहरू छनोट गर्न सजिलो बनाएको छ ।
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०६:३१ मा प्रकाशित





























