back
CTIZAN AD

जहाज र उडान संख्या वृद्धि गर्न नाट्टाको आग्रह

वि.सं.२०७९ वैशाख २७ मंगलवार

630 

shares

काठमाडौं । नेपाल एसोसिएशन टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल वायुसेवा निगमलाई जहाज र उडानको संख्या वृद्धि गर्न आग्रह गरेको छ ।

नाट्टाका अधिकारीहरुले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि निगमले जहाज र उडान संख्या वृद्धि गर्न आग्रह गरेका हुन् ।

मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वायुसेवा निगमसँग भएको जहाज अत्यन्त न्यून भएकाले जहाजको संख्या वृद्धि गरी थप उडान गर्न सके नेपालको पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुने नाट्टाले जनाएको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले नेपालका दुर्गम तथा पहाडी क्षेत्रमा उडान वृद्धि गर्न मौसम र भूगोल सुहाउँदा साना जहाज थपेर सेवा विस्तार गर्न सकेमा विदेशी तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

यस्तै, विदेशबाट टिकट जारी हुँदा विदेशी एजेन्सीलाई दिएको एजेन्सी कमिशन नेपालबाट टिकट बिक्री गर्ने एजेन्सीलाई पनि दिनुपर्ने, कोभिडको समयमा एजेन्सीबाट पहिल्यै दिएको रकमको ब्याज फिर्ता गर्नुपर्ने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गन्तव्यस्थलमा आन्तरिक उडान थप गर्नुपर्ने मागसमेत गरेको छ ।

नाट्टाले युरोप, अमेरिकालगायत विभिन्न देशमा उडान भर्नका लागि हालसम्म पनि नेपाल वायुसेवा निगम आइकाओको कालोसूचीबाट हटिनसकेकाले नेपाल वायुसेवा निगमले हाल गरिरहेको प्रयासलाई थप प्रभावकारी बनाई सरोकारवालासँगको संयुक्त प्रयासबाट आइकाओको सूचीबाट हट्न आवश्यक कदम अगाडि बढाउन अनुरोधसमेत गरेको छ ।

नेपालबाट एयरलाइन्स तथा अध्यागमनको सबै प्रक्रियाहरू पूरा गरी ‘बोर्डिङ पास’ लिएर गन्तव्यमा प्रस्थान गरिसकेपछि विभिन्न कारणबाट गन्तव्यस्थलसम्म पुग्न नसकी यात्रु नेपाल फर्कन परेमा उक्त यात्रुको नेपाल फर्केको टिकटको खर्च नेपालको ट्राभल्स एजेन्सीबाट असुलउपर गर्ने प्रावधान खारेज गर्नसमेत माग गरेको छ ।

नाट्टाले नेपाल एयरलाइन्सले भर्खरै साउदी अरेबियाको रियादमा नयाँ गन्तव्य निर्धारण गरी उडान सुरु गरेको तथा भारतको बैङलोर र मुम्बई सहरमा उडान पुनः सञ्चालन गरेको भन्दै नेपाल एयरलाइन्सको व्यवस्थापन टोलीलाई धन्यवादसमेत दिएको छ ।
नाट्टाले नेपाल वायुसेवा निगमसँग विगतमा जस्तै सहकार्य गर्दै यसको विकास र विस्तारमा सकारात्मक योगदान दिने अध्यक्ष थापाले बताए ।

वि.सं.२०७९ वैशाख २७ मंगलवार ०६:३९ मा प्रकाशित

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा...

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

काठमाडाैँ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ (एनडब्लुएफपीईए)...