बेइजिङ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ योजनानुसार सन् २०२५ सम्ममा देशमा ५५ लाख नर्सहरू हुनेछन् ।
सन् २०२५ सम्ममा प्रति हजार जनामा ३ दशमलव ८ दर्ता नर्स रहने नर्सिङ विकास योजनाले देखाएको छ ।
सन् २०२० को अन्त्यमा, चीनमा दर्ता नर्सहरूको सङ्ख्या ४.७ मिलियनभन्दा बढी थियो जुन २०१५ को तुलनामा ४५ प्रतिशतले बढेको छ । देशका ७० प्रतिशतभन्दा बढी नर्सहरूसँग जुनियर कलेज डिग्री वा सोभन्दा माथिको डिग्री रहेको जनाइएको छ ।
नर्सिङको सुधारले मानिसहरूको स्वास्थ्य सुधार गर्न मद्दत पुग्नेछ ।सिन्ह्वा
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०६:५० मा प्रकाशित






























