काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ सेवा पुर्याउने उदेश्यले वैशाख २६ गतेदेखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८२ औं शाखाको रुपमा कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा शाखा र ८३ औं शाखाको रुपमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. ८, स्थित ताराताल शाखा रहेका छन् ।
यस विकास बैंकको चन्द्रौटा शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासदअर्जुन केसीले संयुक्त रुपमा गरेका थिए । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालर उद्योग वाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गरेका थिए ।
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०६:२७ मा प्रकाशित






























