back
CTIZAN AD

मकवानपुरमा २२ वडाका वडाध्यक्ष निर्वाचित, कुन पार्टीले कति वडामा जित हासिल गर्यो ?

वि.सं.२०७९ जेठ १ आइतवार

783 

shares

वाग्मती । जिल्लामा सम्पन्न निर्वाचनको शनिवारदेखि जारी मतगणनामा आज २२ वटा वडाका वडाध्यक्ष निर्वाचित भएका छन् भने अन्य स्थानको मतगणना भइरहेको छ । हालसम्म १० स्थानीय तहका १०२ वडामध्ये २२ वडाका वडाध्यक्ष निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । अपरान्ह १२ वजेसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले १० वटा वडामा जित हासिल गरेको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)ले सात र नेकपा (एमाले)ले पाँच वडामा जित हासिल गरेको वताइएको छ ।कांग्रेसका तर्फबाट भीमफेदी गाउँपालिका–१ मा सोमवहादुर स्यागङ्तान, कैलाश गाउँपालिका–१ मा तेजवहादुर बलोन, कैलाश गाउँपालिका–२ मा राजेन्द्र तामाङ घिसिङ, मनहरी–१ मा शिवप्रसाद ढकाल, मकवानपुरगढी गाउँपालिका–१ मा आइत सिंह, मकवानपुरगढी–८मा कुमार घिसिङ, इन्द्रसरोवर गाउँपालिका–१मा सुभाष थापा, इन्द्रसरोवर गाउँपालिका–२ मा सुमन श्रेष्ठ, वकैयागाउँपालिका–१ मा गोपालवहादुर नेसुर र राक्सिराङ् गाउँपालिका–२ मा वुद्दराम मोक्तान बिजयी भएका हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट थाहा नगरपालिका–१ मा हेरमान गोपाली, सोही नगरपालिकाको–२ मा वमवहादुर सिंतान, वकैया गाउँपालिका–१ मा आशिष तितुगं, वकैया गाउँपालिका–२ मा विश्वराज स्याङतान, मनहरी गाउँपालिका–२ मा रामकुमारी पाख्रिन, वाग्मती गाउँपालिका–१ मा यहुन्ना राई, भीमफेदी गाउँपालिका–३ मा पृतिलाल लामा निर्वाचित भएका छन् ।

यसैगरी एमालेका तर्फबाट भीमफेदी गाउँपालिका–२ मा काशीराम बज्यु, सोही गाउँपालिकाको–४ मा सागर पाण्डे, कैलाश गाउँपालिका–१० मा सूर्यवहादुर व्लोन, राक्सिराङ गाउँपालिका–१ मा वावीराम मोक्तान र भीमफेदी गाउँपालिका–५ मा जाहारसिहं लामा विजयी भएको बताइएको छ । अन्य मतदानस्थलको मतगणना जारी छ ।

वि.सं.२०७९ जेठ १ आइतवार १६:१० मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...