काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा नकपा माओवादी केन्द्रका मेजर कुमार राई विजयी भएका छन् । राई २ हजार ५१ मत ल्याएर विजयी भएका हुन् ।
राईका प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्र्रेसका पुष्प लाल राई निर्वाचित भएका छन् । उनले १ हजार ९३३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेकी देव कुमारी कार्कीले १ हजार ७३ मत प्राप्त गरेकी छन् ।
वि.सं.२०७९ जेठ १ आइतवार १७:०० मा प्रकाशित






























