back
CTIZAN AD

बर्दघाट सुस्ता पश्चिमका सातै पालिकाको मत परिणाम सार्वजनिक

वि.सं.२०७९ जेठ ६ शुक्रवार

930 

shares

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली कांग्रेसले तीन/तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने कांग्रेसले तीन, एमालेले दुई, तथा माओवादी केन्द्र र राप्रपाले एक/एक स्थानीय तहमा जितेका छन् ।

पाल्हीनन्दन गाउँपालिकाको मतगणना आज बिहान सकिएसँगै जिल्लाका सातवटै स्थानीय तहको नतिजा सार्वजनिक भएको हो । अघिल्लो निर्वाचनमा चार स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले यसपटक एउटा नेतृत्व गुमाएको छ भने दुई स्थानीय तहको नेतृत्व जितेको एमालेले यसपटक थप एक जोड्न सफल भएको छ । माओवादी केन्द्रले भने एउटा स्थानीय तह जितेकामा अहिले पनि दोहोराएको छ ।

उपप्रमुखमा यसअघिको निर्वाचनमा कांग्रेसले चार स्थानीय तहमा जितेकोमा यसपटक तीनवटामा खुम्चिएको छ भने एमालेले अघिल्लो पटक तीन स्थानीय तहमा जितेकोमा यसपटक दुईमा झरेको छ । माओवादी केन्द्रले भने अघिल्लो पटक उपप्रमुखमा विजयी हासिल नगरे पनि यसपटक एउटा स्थानीय तहको उपप्रमुखमा जितेको छ । अघिल्लो पटक नेतृत्वमै नरहेको राप्रपाले यसपटक एउटा स्थानीय तहको उपप्रमुख जित्न सफल भएको छ ।

जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । एमालेले रामग्राम नगरपालिकामा प्रमुख, सुनवल नगरपालिका र सरावल गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने कांग्रेसले बर्दघाट नगरपालिकामा प्रमुख, पाल्हीनन्दन गाउँपालिकामा उपप्रमुख, प्रतापपुर र सुस्ता गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ ।

माओवादी केन्द्रले पाल्हीनन्दन गाउँपालिकाको प्रमुख र बर्दघाट नगरपालिकाको उपप्रमुख जितेको छ भने राप्रपाले रामग्राम नगरपालिकाको उपप्रमुख जितेको छ । दुई लाख ३७ हजार १२५ मतदाता रहेको जिल्लामा ७७.७६ प्रतिशत अर्थात् एक लाख ८४ हजार ३८२ मत खसेको थियो ।

वि.सं.२०७९ जेठ ६ शुक्रवार ११:०१ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...