श्रीकृष्ण शर्मा, पोखरा
१
उकाली चढ्छ ओराली झर्छ जीवन हो यस्तै
उन्नति पथ लम्किन्छ हेर कमिला म जस्तै ।
२
सगर छुनु रहेछ मैले जँघार हजार
पुग्दै छु बल्ल घिस्रेर माथि नाम्चेको बजार ।
३
मायाले न्यानो दिएमा पुग्छ पर्दैन सम्पत्ति
सुनको माया हुँदैन बुझ मनको छौ कत्ति ?
४
आँसुको नहर बग्छ कि मेरो जीवन खहरे
गाउँले म त तिमी त पर्यौ नक्कली सहरे ।
५
यौवन चोखो दिउँला कान्छा मनले मागेको
प्रेममा धोका खाएर कोही नभनून् भागेको ।
लोक लय (३+२+३+२+३+३)
वि.सं.२०७९ जेठ ७ शनिवार ०८:४७ मा प्रकाशित






























