
हेमलाल जोसी (घिमिरे), गुवाहाटी,असम
सुःख त काँहा छस् ?
के हो तेरो ठेगाना ?
किन् अन्जान मा छस् त ?
भन त भन के हो तेरो ठेगाना ?
काँहा काँहा खोजिन् तँलाई,
तर् त लुप्त भईस ।
खोजें ठूला ठूला महलमा,
खोजें ठूला ठूला पसलमा,
स्वादिष्ट भोजनमा,
चोटीको धनवानमा ।
उनीहरू पनि तेरो नै खोजीमा थिए,
जो संग म हिँडी रहन्थे,
वाक्क परेर् चौकीमा सिकायत पनि गरें,
तर् कोशिश बेकार भयो म छक्क परे ।
बाल्य कालमा भेटि रहन्थे,
संग संगै खेली रहन्थे,
आज् म तरुण भए,
खुसी पनि छाडेर गए ।
म फेरि पनि भईन् हतास,
जारी राखे उसको तलास,
एकदिन कतै बाट् सुने उसको बोली,
भन्यो छु आज् म त सीत् न हुन् सक्छु भोलि ।
म सन्तानको हाँसोमा छु,
पत्नी संगै चिया पिउँदा माछु,
परिवारसंग जिउँनु मा छु,
बुबा आमाको आशिर्बाद मा छु ,
भान्सा घरको स्वादिष्ट भोजन मा छु ,
सन्तान को सफलता मा छु ,
आमाको पवित्र माया मा छु ।
खुसीको थैलो पैँचोमा दिने,
कारोबार गर्दछु मैले,
समयमा फिर्ता नहुनाले,
घाटामा चल्दैछु अहिले ।।