back
CTIZAN AD

बालेनको जित सुनिश्चित : गन्न बाँकी १९ हजार, बालेन २० हजारले अघि

वि.सं.२०७९ जेठ ११ बुधवार

768 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको छ ।

निर्वाचन आयोगको अपडेटअनुसार अब १९ हजार ३२३ मत गणना हुन बाँकी छ । तर, बालेन निकटम् प्रतिस्पर्धीभन्दा २० हजार ३७६ मतले अगाडि छन् ।

एक लाख ९१ हजार ५१ मतमध्ये हालसम्म एक लाख ७१ हजार ८०२ मतको गणना भइसकेको छ । एक लाख ७१ हजार ८०२ मतको गणना हुँदा बालेनले अहिलेसम्म ५५ हजार ७४७ मत पाएका छन् ।

पाँच दलीय गठबन्धनको तर्फ प्रतिस्पर्धी कांग्रेस नेतृ सिर्जना सिंहले ३५ हजार ३७१ मत ल्याएकी छिन् । यता, एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन् ।

निर्वाचन आयोगले जनाएअनुसार काठमाडौंका ३२ मध्ये २७ वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उनले प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत ल्याएकी छिन् । डंगोलले ५३ हजार ६ सय ४२ मत ल्याउँदा श्रेष्ठले १७ हजार ७ सय ६५ मत ल्याएका छन् ।

वि.सं.२०७९ जेठ ११ बुधवार ११:४१ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...