
काठमाडाैं । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको जानकारी दिए ।
मन्त्रिपरिषद्ले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेकाे उनले जनाए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू