back
CTIZAN AD

वाइडबडी काण्डको छानबिन गर्न ओलीको चुनौति

वि.सं.२०७९ जेठ १२ बिहीवार

693 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी काण्डको छानबिन गर्न सरकारलाई चुनौति दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले आफुँमाथि अनावश्यक आरोप लगाइएको भन्दै छानिबनको माग गरे ।

“वाइडबडीदेखि अन्यमा मलाई जोडियो, यसमा कसले सम्झौता गर्‍यो, कसले भुक्तानी दियो ? मैले त सम्झौता भएपछि अन्तिम किस्ता मात्र दिएको हुँ”, ओलीले भनेका छन्, “यसमा पनि भ्रष्टाचार भएको लाग्छ भने छानबिन गर्नुस्, को–को कसरी संलग्न छन् ।”

ओलीले पूर्ववर्ती सरकारका पालामा भएका ३३ किलो सुनकाण्ड, बालुवाटार काण्डको आफुले छानबिन गरेर मुद्दा दायर गराएको बताए । उनले आफ्नो सरकारले भ्रष्टाचारका काण्ठलाई बाहिर ल्याएको र कारबाही गर्न थालेको दाबी गरे ।

रिर्जभ बैंकमा आफ्नो नाममा पैसा रहेको भनि चलाइएको आरोप मिथ्या भएको बताए । ओलीले आफ्नो सम्पूर्णं चल–अचल सम्पत्ति राज्यको नाममा गरेको भन्दै आफुले कि भ्रष्टाचार गर्ने भनि प्रश्न गरे । ओलीले आफ्नो बारेमा प्रश्न उठाउनेलाई आफ्नो सम्पत्ति सरकारको नाममा गर्न चुनौति दिए ।

ओलीले प्रश्न गरे, “मैले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु । मैले राज्यका नाममा सम्पत्ति ल्याइदिन भ्रष्टाचार किन गर्नुपर्ने ? कुनै महानुभाव निस्किनुस् न राज्यका नाममा सम्पत्ति हस्तान्तरण गर्ने ? केपी ओलीलाई मुखभरिको जवाफ दिन भए पनि घोषणा गर्नुस् त ?”

वि.सं.२०७९ जेठ १२ बिहीवार १३:४२ मा प्रकाशित

बँदेलको आक्रमणबाट मृत्यु

बँदेलको आक्रमणबाट मृत्यु

बरहथवा (सर्लाही) । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको...

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...