
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । बीमा समितिले अनुमति दिईए लगत्तै कम्पनीको संचालक समितिले प्रभु लाइफको प्रमुखकार्यकारी अधिकृतमा प्रसाईलाई जेठ ११ गतेबाट लागू हुने गरी नियुक्त गरेको हो ।
उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई सपथ ग्रहण गराएका छन् । प्रसाईले बुधबारनै पदभार ग्रहण गरेका छन् ।
प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएको कम्पनीले जनाएको छ ।