
लण्डन । बेलायतमा चार नेपालीको संयुक्त लगानीमा ‘ रेष्टुरेण्ट सिजलिङ लन्ज’ संचालनमा आएको छ ।
बेलायतमा व्यवसायी गर्दै आइहेका लेखनाथ घिमिरे, लक्ष्मण पाण्डे, मोहन घिमिरे र राजकुमार चम्लागाईले केन्टस्थित जिलिङहाममा संयुक्त रुपमा रेष्टुरेण्ट सिजलिङ लन्ज संचालनमा ल्याएका हुन् ।
मे २३ देखि संचालनमा ल्याइएको उक्त रेष्टुरेन्ट उद्घाटन कार्यक्रममा बेलायतमा रहेका नेपाली ब्यवसायी तथा अन्य क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त उद्घाटन कार्यक्रममा संचालक घिमिरे, पाण्डे, र चम्लागाईले रेष्टुरेण्ट सिजलिङले गुणस्तरीय, सफा र शान्त वातावरणमा वसेर नेपाली खानाको स्वाद लिनका लागि रेष्टुरेण्ट सधै लागि पर्ने वताए ।
सञ्चालक घिमिरेले बेलायतको जिलिङहाम क्षेत्रमा यस्तो प्रकारको व्यवसायको अभाव भईरहेको अवस्था बुझेर नेपाली समुदाय तथा अन्य समुदायका व्यक्तिहरुलाई नेपाली र ईन्डियन परिकारहरुको स्वाद दिने गरी लन्ज सञ्चालनमा ल्याईएको बताए । घिमीरेले सबैको साथ र सहयोग पाएकोले आफुहरु सफल हुनेमा विश्वस्त रहेका बताए ।
तस्बिरहरु -शिव भण्डारी