कालिचरण बस्नेत,पालुङ, मकवानपुर
चुनाव सकि टिम बने पछि बैठक बसेर
सौहार्द्र्पूर्ण वातावरणमा छलफल गरेर ।
आर्जन हेरि तलब तोकी त्यै मात्र बुझ्नेछौं
तोकिए भन्दा अधिक भत्ता कसैले लिंदैनौं ।
बिकासे काम हेरेर ठाम अगाडि बढ्ने छौं
जनता लाई अगाडि सारि बिकास गर्ने छौँ ।
पहिलो काम जहाँ छ जाम निश्चय गरौंला
बजेट पास गरेर खास काममा खटौंला ।
खर्च छ जति लागत त्यति पारौंला छर्लङ्ग
क्रमैले तोक्दै निर्माण कार्य गरौंला सम्पन्न ।
कसम खान्छौं भनेको मान्छौं बनेर सेवक
गर्नेछौं सेवा ख्वाउँछौं मेवा स्वार्थ यै केवल ।
भ्रष्टाचार मुक्त सुशासनयुक्त अवधि हुने छ
अबका दिन प्रत्येक क्षण कामयाबी बन्नेछ ।
घोषणापत्र देखाउने मात्र होइन भने झैं
देखाउँछौ काम राख्नेछौं नाम गर्नेछौं दृढ भै ।
अपराध गर्न विकृति बढ्न पटक्कै दिंदैनौं
अन्याय नास्छौं घुस्याहा मास्छौं आफू नि लिंदैनौं ।
जनता तिम्रै साथमा छन् है अन्यथा नसोच
के गा¥हो छ र अठोट गर कु मार्ग नरोज ।
वि.सं.२०७९ जेठ १४ शनिवार ०८:५१ मा प्रकाशित






























