काठमाडौं । सम्पर्कविहीन तारा एयरको ९ एनएईटी ट्विनअटर विमानलाई खोज्न हेलिकोप्टर पठाइएको छ ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार सम्पर्कमा नरहेको विमान खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको हो ।
बताइएअनुसार विमान मुस्ताङको लेते पुगेसँगै सम्पर्कविहीन बनेको थियो । बिहान ९ बजेर ५५ मिनेटमा पोखरादेखि उडेको विमान बिहान १० बजेर २० मिनेटमा अवतरण हुनुपथ्र्यो । तर, हालसम्म पनि विमान सम्पर्कमा छैन ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जनाएअनुसार अनुसार उक्त विमानमा चालक दलका ३ सहित १९ यात्रु थिए । विमानमा १३ नेपाली र ५ भारतीय यात्रु थिए ।
सम्बन्धित समाचार
वि.सं.२०७९ जेठ १५ आइतवार ११:२७ मा प्रकाशित






























