back
CTIZAN AD

आयोजना प्रभावितका लागि आईपीओ निष्काशन गर्दै श्वेतगंगा हाइड्रो

वि.सं.२०७९ जेठ १५ आइतवार

798 

shares

काठमाडौं । श्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रसन लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि यहि जेठ २३ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १५ लाख ९३ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं.२,३ र ४ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं. ४,५,६,७ र ९का स्थानीयका लागि ११ लाख १५ हजार १ सय कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

त्यसैगरी आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु गाउँपालिकाको वडा नं.५,६,७ र मन्थली नगरपालिकाको वडा नं. ११,१२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नं. १ र ३ लाई ३ लाख ९८ हजार २५० कित्ता छुट्याइएको छ । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं. १,२ र ३ लाई ७९ हजार ६५० कित्ता शेयर छुट्याइएको छ ।

शेयर खरिदका लागि न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । छिटोमा असार ६ गते र ढिलामा असार २१ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सकिने छ ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जेठ १० गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कुल ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

वि.सं.२०७९ जेठ १५ आइतवार ११:५६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...