back
CTIZAN AD

माछापुच्छ्रे बैंकद्वारा मानव कल्याणलाई सहयोग

वि.सं.२०७९ जेठ १५ आइतवार

648 

shares

काठमाडौं । माछापुच्छ्रे बैंकले  मानव कल्याण समाजलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण ०३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई बीस थान वेड सिट लगायतका सामानहस्तान्तरण गरेको हो । बैंकले आयोजना गरेको एक कार्यक्रममा बैंकका बाग्मती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले उक्त सामानहरु हस्तान्तरण गरेका थिए ।

समाजले बेवारिसे सडक मानवको रुपमा खुल्ला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समुहका वृद्ध देखि बालबालिका, शारिरिक रुपमा अशक्त व्यक्तिहरुलाई उद्धार गरि उनीहरुको संरक्षण गर्दै आएको छ । बैंकका अनुसार समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २०० जना भन्दा बढीलाई गाँस,बास ,कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । विभिन्न संघ संस्था एंव व्यक्तिहररुले स्वेच्छिक रुपमा प्रदान गर्दै आएको सहयोगबाट संचालन भईरहेको समाजलाई बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।

यसअघि पनि बैंकले सामाजिक कार्यमा संलग्न विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७९ जेठ १५ आइतवार १५:४६ मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...