निकोसिया । साइप्रस र इजरायलले आइतबार साइप्रसको हवाइ, समुद्री र स्थल क्षेत्रमा आफ्नो सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् ।
रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएअनुसार “अगापिनोर २०२२”कोड नाम दिइएको यो अभ्यास “दुवै देशका स्थल, वायु र समुद्री सेना”को सहभागितामा साइप्रियोट क्षेत्रमा आयोजना हुँदैछ । उक्त अभ्यास बिहीबार सम्पन्न हुनेछ ।
रक्षा मन्त्रालयका स्रोतहरूलाई साइप्रियोट सञ्चार माध्यमले उद्धृत गर्दै सम्युक्तरूपमा भाग लिने सैन्य इकाइहरूको आधारमा अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ ।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो अभ्यास दुई देशबीचको द्विपक्षीय सैन्य सहयोग कार्यक्रमको हिस्सा हो र यसले रक्षा र सुरक्षाको क्षेत्रमा दुई देशको उत्कृष्ट सम्बन्धलाई चित्रण गर्दछ ।” सिन्ह्वा/फाइल फोटो
वि.सं.२०७९ जेठ १५ आइतवार १७:४४ मा प्रकाशित



























