back
CTIZAN AD

हराइरहेको जहाज खोज्न बिहानैदेखि सेना र प्रहरीको टोली परिचालन

वि.सं.२०७९ जेठ १६ सोमवार

879 

shares

काठमाडौं । आइतबार बिहान पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज हराएपछि खोजी कार्य तिब्र पारिएको छ ।

आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान उडेको केही समयपछि सम्पर्कबिहीन भएको थियो ।

उक्त विमानको आइतबार दिनभरी सेनाको हेलिकप्टर तथा पैदलमार्गबाट खोजि गरिएपनि भेटाउन नसकेपछि खोजी कार्य स्थगित गरेको सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका थिए ।

आज बिहानै ५ बजेदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी टोली परिचालन गरेर खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले जानकारी दिएका छन् ।

Image

दानीले खोजीकार्यमा सेनाको हेलिकप्टर प्रयोग गरिएको जानकारी दिएका छन् । तर, मौसम प्रतिकूल रहँदा खोजीकार्यमा कठिनाइ भएको समेत उनले बताएका छन् । उनका अनुसार धौलागिरी हिमाल रेन्जतर्फ टोली परिचालन भएको छ ।

क्याप्टेन प्रभाकर घिमीरेले उडाएको उक्त जहाजमा घिमीरेसहित चालक दलका ३ जना, २ जर्मन नागरिक, चार भारतीय र १३ नेपाली यात्रु गरी जम्मा २२ जना रहेका थिए ।

Image

पोखराबाट ९ः५५ उडेको उक्त जहाज १०ः१५ मा मुस्ताङ विमानस्थलमा अवतरण गर्नुपर्नेमा १० बजेर ७ मिनेटबाट सम्पर्कविहीन भएको थियो ।

सम्पर्कबिहीन जहाजको खोजी कार्य आजलाई स्थगित

वि.सं.२०७९ जेठ १६ सोमवार ०७:४४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...