back
CTIZAN AD

घले समूहले बनायो साउदीमा तर्दथ समिति, संस्थापन पक्षले जनायो आपत्ति

वि.सं.२०७९ जेठ १७ मंगलवार

684 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए (घले समूह) ले खाडी राष्ट्रको साउदी अरबमा कमल शाहीको संयोजकत्वमा तर्दथ समिति गठन गरेको छ ।

संघले रियादका कमल शाहीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन गरेको हो ।

जसको सहसंयोजकमा राजु केसी दमाम र सदस्यहरुमा अनुशा तामाङ अल कासिम, बिल्टु मुखिया रियाद, अर्जुन क्षेत्री खोबर, सुमन दाहाल अल कासिम, चन्द्रकान्त चुदाली जेद्धा, कमल पाठक यान्बु र दीपेन्द्र थापा जुबेल रहेको तदर्थ समिति गठन गरिएको संघका अध्यक्ष बिनोद कुँवर र महासचिव जानकाी गुरुङद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संस्थापन पक्षले जनायो आपत्ति
कु्ँवर समूहले एनआरएनएको लोगो र लेटरप्याण्ड दुरुपयोग गरेको भन्दै एनआरएनएको संस्थापन पक्ष राष्ट्रिय समन्वय परिषद साऊदी अरबले आपत्ति जनाएको छ ।

संघले प्रेसविज्ञप्ति जारी गर्दै संघको लोगो र लेटर हेड प्रयोग गरि तदर्थ समिति गठन गरेर जनमानसमा भ्रम सिर्जना गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘यहि २६ मई २०२२ शुक्रवारका दिन गैरआवासीय नेपाली संघकै लोगो र लेटर हेड प्रयोग गरि तदर्थ समिति गठन गरेर जनमानसमा भ्रम सिर्जना गरिएको विषयप्रति गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साऊदी अरबको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ संघको विज्ञप्ति
गैरआबासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबको विधान अनुरुप गत ३० जुलाई २०२१ को महाधिवेशनले राष्ट्रिय समन्वय परिषदको विधिवत गठन भई आप्रवासीहरूको सेवामा कृयाशील रहेको तपाई सम्पूर्णको माझ सर्वबिदित नै छ ।

तत् उप्रान्त यहि २६ मेई २०२२ शुक्रवारका दिन गैरआवासिय नेपाली संघकै लोगो र लेटर हेड प्रयोग गरि तदर्थ समिति गठन गरेर जनमानसमा भ्रम सिर्जना गरिएको विषय प्रति गैर आबासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद साऊदी अरबको गम्भीर ध्यानाकर्षण भएको छ ।

संस्थागत लोगो र लेटर हेड अनधिकृत प्रयोग गरि/गराइ गैर कानुनी कार्य गरेको प्रति गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब घोर आपत्ति प्रकट गर्दछ ।

यसका साथै गैरआवासीय नेपाली संघको लोगो र लेटर हेड तत्काल हटाउन जोडदार माग गर्दछ ।
यस्तो निहित र भ्रामक कार्यहरुप्रति सजग र सचेत रहन एनसीसी, आरसीसी र एलसीसी लगायत सम्पुर्ण पदाधिकारीहरू पंजीकृत सदस्यहरु तथा आप्रवासी नेपालीहरू, संघ संस्थाहरू प्रति हार्दिक अपिल गर्दछ ।’

एनआरएनए भित्र देखिएको विभिन्न विवादका कारण लामो समयदेखि हुन नसकेको गैरआवासीय नेपाली संघको यहि मार्च २६ र २७ गते सम्पन्न १० औ अन्तराष्ट्रिय सम्मेलन तथा महाधिवेशनले संस्थापन पक्षबाट कूल आचार्य, डा. बद्री केसी र रबिना थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । साथै उता हयात होटलमा घले समूहले सम्पन्न गरेको १० औ अन्तराष्ट्रिय सम्मेलन तथा महाधिवेशनले कोरियाका बिनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । सोहि समूहले हाल विभिन्न देशमा एनआरएनएको तर्दथ समिति गठन गरिरहेको छ ।

May be an image of text that says 'FOR NEPALI BY NEPALI नेपाली Ref. Non-Resident Nepali Association (NRNA) गैरआवासीय नेपाली संघ कमल शाहीज्यू संयोजक, राष्ट्रय समन्वय परिषद् तदर्थ समिति, साउदी अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली मिति: महोदय, बिषय: राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति, साउदी अरब गठन सम्बन्धमा यहाँको संयोजक्तोमा साउदी अरवका विभिन्न प्रान्तका व्यक्तित्वहरु राष्ट्रिय परिषद् सहितको भएका हामी समितिलाई अन्तर्राष्ट्रिय परिषदको तर्फवाट संघको विधान संशोधन सहित) अनुसार आप्नो कामकारवाही अनुरोध गर्दछों समिति अन्तराष्ट्रिय वीच पत्रमा हस्ताक्षर गर्नेद्ों यहाहरुको यस संघसंग निर्णयको मूल्याडून स्वागत गर्ददीं धन्यवाद संघको विनोदकँवर कुँवर, जानकी गुरुड अध्यक्ष, अन्तर्राष्ट्िय समन्वय वोधार्थ. धरम केसीज्यू सल्लाहकार, अन्तर्राष्ट्रिय समन्वय परिषद् महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषद् ((977-1)4426005/4411530 info@nrna.org'

वि.सं.२०७९ जेठ १७ मंगलवार १५:५२ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...