back
CTIZAN AD

गुजरातबाट सकिँदै कांग्रेस, हार्दिक पटेलले पनि रोजे भाजपा

वि.सं.२०७९ जेठ १७ मंगलवार

765 

shares

काठमाडौं । गुजरात कांग्रेसका युवा नेता हार्दिक पटेल भारतीय जनता पार्टीमा प्रवेश गर्ने भएका छन् । समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा पटेलले जुन २ मा भाजपामा प्रवेश गर्ने खुलासा गरेका हुन् ।

पटेलले मे १८ मा कांग्रेस पार्टीबाट राजीनामा दिएका थिए । राज्यको विधानसभा चुनावअघि उनको यो कदम कांग्रेसका लागि ठूलो झड्का मानिएको छ ।

हार्दिक पटेलले कांग्रेसबाट राजीनामा दिएपछि पार्टी हाईकमान्डको आलोचना गरेका थिए। उनले सोनिया गान्धीलाई पत्र लेखेर राजीनामा बुझाएका थिए । उक्त पत्रमा उनले पार्टीका बारेमा धेरै कुरा भनेका छन् । पटेल २०१९ मा कांग्रेसमा प्रवेश गरेका थिए ।

उनी ११ जुलाई २०२० मा गुजरात प्रदेश कांग्रेस कमिटीको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए। तर, २०२२ सम्ममा पार्टीप्रति मोहभंग भएर राजीनामा दिए ।

प्रदेश अध्यक्षले सदस्यता दिनेछन्

भारतीय जनता पार्टीका प्रदेश प्रवक्ता यज्ञेश दवेले हार्दिक पटेल जुन २ मा पार्टी प्रवेश गर्ने बताएका छन् । उनी गुजरात बीजेपी अध्यक्ष सीआर पाटिलको उपस्थितिमा भाजपामा सामेल हुनेछन्। वास्तवमा, पछिल्ला केही दिनदेखि हार्दिक पटेल बीजेपीमा सामेल हुन सक्ने अनुमान गरिएको थियो।

राजीनामा पत्रमा कांग्रेसलाई चर्को निशाना बनाइएको छ

राजीनामा पत्रमा हार्दिकले कांग्रेस पार्टी विरोधको राजनीतिमा मात्र सिमित भएको र देशका जनतालाई प्रतिपक्ष नभई आफ्नो भविष्यको बारेमा सोच्ने र देशलाई अगाडि बढाउने क्षमता भएको विकल्प चाहिने लेखेका छन् ।

उनले आफ्नो राजीनामा पत्रमा थप लेखेका छन्, “चाहे अयोध्यामा राम मन्दिर होस्, सीएए–एनआरसीको मुद्दा होस्, जम्मू–कश्मीरबाट धारा ३७० हटाइयोस् वा जीएसटी लागू होस्, देश लामो समयदेखि उनीहरुको समाधान चाहन्छ । तर, कांग्रेसले यसमा अवरोध मात्रै गरिरह्यो । कांग्रेसको अडान केन्द्रको विरोधमा मात्र सीमित थियो ।”

वि.सं.२०७९ जेठ १७ मंगलवार १५:०५ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...