back
CTIZAN AD

मेलम्चीको पानी काठमाडौं पठाउन बन्द, वर्षा पछि मात्रै ढोका खोलिने

वि.सं.२०७९ जेठ १७ मंगलवार

807 

shares

काठमाडौं । मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबारदेखि मुल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले मंगलबारदेखि पानी पठाउन बन्द गरिएको जानकारी दिए। उनले वर्षायामसँगै पानीको टनेल र सुरुङमा समस्या हुने आँकलनसहित हाललाई पानी पठाउने ढोकाहरु बन्द गरिएको बताए।

‘आजदेखि पानी पठाउन बन्द गर्न सुरु गरिसकेका छौं,’ उनले भनेका छन्, ‘पर्सीदेखि मनसुन सिजन सक्रिय हुँदै जाने भएकाले त्यसअघि नै बन्द गरिएको हो ।’

मुल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी बितरण समय तालिकासमेत हेरफेर गरिएको छ ।

बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिने जनाइएकाे छ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो ।

वि.सं.२०७९ जेठ १७ मंगलवार १४:३० मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...