back
CTIZAN AD

अभिनेत्री दुव्यर्वहार घटना : सिडिओको आदेशले रिहा भए आरोपित लामा

वि.सं.२०७९ जेठ १७ मंगलवार

648 

shares

काठमाडौं । अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।

आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी–४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो । प्रजिअ रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।

फिल्म हेर्न आएका एक दर्शकले आफूलाई ‘नियतवश छोएको’ भन्दै अभिनेत्री मगरले झापड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन्। उक्त घट्नासँगै सामाजिक सञ्जाल र सडकमै मगरको विरोध भइरहेको छ।

सोही क्रममा मंगलबार चाबहिलको केएल टावरमा रहेको ‘एफक्युव सिनेमा’मा फिल्मको प्रदर्शन बन्द गर्नुपर्ने र अभिनेत्री मगरले माफी माग्नुपर्ने भन्दै नाराबाजी भएको थियो। फुर्वा पक्राउ परेसँगै विभिन्न बुद्धिस्ट संघ तथा सो समुदायका मानिसहरुले सामाजिक सञ्जालमा फिल्मको र अभिनेत्री मगर दुवैको विरोध गरिरहेका छन्।

वि.सं.२०७९ जेठ १७ मंगलवार १४:२१ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...