Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा हालेपछि…



काठमाडाैं । विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका छन् । ६१ वर्षीय सञ्जीव प्रसाद र ५७ वर्षीय साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम दिन र भव्य विवाहको लागि आफ्नो बचत खर्च गरेको बताउँछन् ।

एक वर्षभित्र नातिनातिना नजन्माए छोरा बुहारीले क्षतिपूर्ति बापत ६ लाख ५० हजार अमेरिकी डलर दिनुपर्ने उनीहरुको माग छ । यस मामिलामा उनीहरूका छोरा बुहारीले कुनै टिप्पणी गरेका छैनन् । मानसिक उत्पिडनका कारण सो मुद्धा दायर भएको बताइएको छ ।
आफूले बचत गरेको सबै सम्पत्ति छोराका लागि खर्च गरेको सञ्जिब बताउँछन् । ६५ हजार डलर खर्चेर उनले छोरालाई सन् २००६ मा पाइलटको तालिमका लागि विदेश पठाएका थिए ।

तालिम सकेर छोरा सन् २००७ मा स्वदेश फर्किएका थिए, तर कुनै जागिर पाएनन् । त्यसपछि सञ्जिव परिबारले उनलाई दुई वर्षभन्दा बढी आर्थिक रूपमा सहयोग गरेको दी टाइम्स अफ इन्डियाले जनाएको छ ।

अन्ततः दुई वर्षभन्दा केही समयपछि ३५ वर्षीय श्रीय सागरले चालकको जागिर पाए । सन् २०१६ मा एक युवतीसँग छोराको विवाह गरिदिए । विवाहदेखि नै उनीहरूले छोराबुहारीबाट नातिनातिनाको अपेक्षा गरेका छन् ।

विवाहमा पाँच तारे होटलमा पार्टी आयोजना गरेको, ८० हजार डलरको सुविधासम्पन्न गाडि किनिदिएको र विदेशमा हनिमुन मनाउन खर्च दिएको समेत अभिभावकले बताएका छन् ।

‘छोराले विवाह गरेको ६ वर्ष भयो, तर पनि उनीहरूले सन्तानको कुनै योजना बनाएका छैनन्,’सञ्जिबले भने, ‘ कम्तिमा हामीले नातिनातिनासँग समय बिताउन पाए हाम्रो पीडा सहन्थ्यौँ । ’

मानसिक क्रूरताका कारण अभिभावकले पैसा मागेको उनका वकिलले बताएका छन् । एजेन्सीबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा