
शान्तिराज राई, न्युयोर्क । गाराचा किरातको रचना र अभिनय रहेको ‘घर फर्क साथी हो’ बोलको म्युजिक भिडियो ‘आमा पदम कुमारी चाम्लिंग फ्लिमस’ मार्फत बजारमा सार्वजनिक भएको छ ।
अमेरिकाको व्यस्त जीवनशैलीका वावजुद पनि समाजसेवी किरातले विभिन्न समयमा नेपालप् गीत संगितको टेवा स्वरूप नेपाली गीत संगित कोशेली सार्वजनिक गर्दै आएका छन् ।
यही क्रममा आफ्नो स्वदेशको माया हुँदाहुँदै आफ्नो परिवार, प्रेमी, प्रेमिका छाडेर विदेशीनुको पीडालाई गीतको माध्यमबाट उजगार गर्न खोजेका छन् । उनले गीतमार्फत् विदेशीएका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका हुन् ।
अमेरिकाको न्युयोर्कमा रहेर समाजसेवामा व्यस्त गाराचाको यही शुक्रबार ‘घर फर्क साथि हो’ बोलको गित सार्वजनिक भएको हो ।
‘घर फर्क साथि हो’ गायक देवेश राई र आशिष ताम्राकारको स्वर संगै आशिष ताम्रकारकै संगीतमा तयार गरिएको उक्त गीतको यारेंज, महाराज थापा मिक्स मास्टरिंग मित्र लामाको रहेकोछ ।
यो गीतको म्युजिक भिडियोमा शम्भु मोक्तान र श्याम तामांङको छायाँकन, भरत रेग्मीको सम्पादन, यस गीतकै गीतकार गणेश राई ‘गाराचा किरात’ को निर्देशन रहेको छ । गीतको भिडियोमा गाराचा किरात, रोशन राई, शौरभ राई, अनुशा जीरेल लगायतको अभिनय रहेको छ ।