back
CTIZAN AD

नेपाली व्यवसायी अर्याललाई अमेरिकी मानार्थ विद्यावारिधि

वि.सं.२०७९ जेठ २२ आइतवार

891 

shares

सानफ्रान्सिस्को । लामो समयदेखि घरखरिद बिक्रि (रियल स्टेट )ब्यवसायमा संलग्न नेपाली युवा ब्यवसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटी (बिश्व बिद्यालय)वाट मानार्थ विद्याावारिधि पिएचडी उपाधी हासिल गरेका छन् ।

ब्यवसायी अर्यालले नेपाली समुदायमा घर खरिद बिक्रि (रियल स्टेट )ब्यवसाय मार्फत नेपाली समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो पिएचडी उपाधी दिइएको बिश्वबिद्यालयले जनाएको छ ।

हरेक विधामा उत्कृट योगदान पुर्याउनेहरुलाई सो बिश्वबिद्यालयले विद्या वारिधि (पिएचडी) को उपाधी प्रदान गर्दै आएको छ । बाणिज्य प्रशासन (विजनेश एडमिनिष्ट्रेशन)मा मानार्थ बिद्या वारिधि (पिएडी) उपाधी प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी हुन् ।
अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको शीर्ष ५ प्रतिशतमा अर्यालको नाम प्रकाशित भएको थियो । सोही आधारमा लिंकन विश्वबिद्यालय (युनिभर्सिटी)ले उनलाई विद्यावारिधीको लागि छनौट गरेको थियो ।

विद्यावारिधी उपाधी पाउनु गौरवको विषय भएको बताउदै ब्यावसायी अर्यालले आफूलाई यसवाट थप उत्साह र प्रेरणा मिलेको बताए । ‘यो मेरो ब्यक्तिगत सफलता मात्र नभई नेपाल र नेपाली समुदायको कदर र सम्मान पनि हो, नेपाली समुदायको निम्ति अझ धेरै काम गर्ने प्ररणा मिलेको छ’, अर्यालले भने ।

स्यानफ्रान्सिस्को विश्वबिद्यालयका सहप्राध्यापक डा टीका लम्सालले नेपाली व्यवसायीलाई विश्वबिद्यालयको बिद्यावारिधि उपाधि प्रदान गर्नु ब्यक्तिको मात्र नभई नेपाली समुदायको लागि निकै खुसि र गौरवको विषय भएको बताए ।

सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनिया आएका थिए । उनले त्यहाँको माउण्टेन युनिभर्सिटी (बिश्व बिद्यालय )र पछि क्यालिफोर्निया स्टेट युनिभर्सिटी इष्टवेवाट वायोकेमेष्ट्री र विजनेश एडमिनिष्ट्रेशन (बाणिज्य प्रशासन)को अध्ययन पूरा गरेका गरेका थिए ।

सन् २०१६ देखि घरखरिद बिक्रि (रियलस्टेट) व्यवसायमा संलग्न अर्याल क्यालिफोर्नियामा सफल र नेपालीहरुविच लोकप्रिय युवा व्यावसायीको रुपमा परिचित छन् ।

उत्कृट ब्यवसायी भए वापत उनलाई सन् २०२१ मा इष्ट बे एशोसिएसन अफ रियल्टर्सले गोल्ड क्लव अवार्ड (स्वर्ण पदक पुरस्कार)र सन् २०१८ ,२०२० टप प्रोड्युसर (उत्कृष्ट उत्पादक )अवार्डवाट पुरस्कृत गरेको थियो । अर्याल विगत ७ वर्षदेखि घरखरिद बिक्रि ब्यवसायमा संलग्न छन् ।

 

 

वि.सं.२०७९ जेठ २२ आइतवार १५:३२ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...