back
CTIZAN AD

लक्ष्मी बैंक ग्रीन बचत खाता पुनः सुचारु गर्दै

वि.सं.२०७९ जेठ २२ आइतवार

864 

shares

काठमाडौं । लक्ष्मी बैंकले ग्रीन बचत खाता पुनः सञ्चालनमा ल्याएको छ । ५०औं विश्व वातावरण दिवसको अवसर पारेर बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता “ग्रीन सेभिंग” पुनः सञ्चालनमा ल्याएको हो ।

हालको डिजिटल युगको फाइदा उठाउदैं अनलाईन खाता खोल्ने सेवा, भिडियो-केवाईसी र डिजिटल बैंकिङ्ग जस्ता सेवाहरुको समिश्रणले सो खाता पूर्णरूपमा कागज विहिन रहेको बैंकले जनाएको छ । साथै यस खातामा ग्राहकहरुले ८.०३% को उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ्ग प्याकेज (मोबाईल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न बताइएको छ ।

बैंकका अनुसार बैंकको “एक खाता, एक रुख” को प्रतिबद्धता अनुरुप “गो ग्रीन“ अभियानमा सहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिंग खाताको वापत बैंकले एउटा रुख रोप्ने छ । यसका साथै सो खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले जनाएको छ ।

बैंकले यो पहल मार्फत आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने बताइएको छ । यसै प्रतिबद्धता अन्तर्गत बैंकले पीसीएएफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको जनाएको छ । सो साझेदारी मार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ जसले बैंकको नेट-जिरो यात्रा अघि बढ्ने बताइएको छ ।

बैंकले यस अघिनै ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमहरु अपनाई ग्रीन बैंकिङ्गतर्फ प्रोत्साहन गर्नका लागी विभिन्न अफरहरु पनि ल्याएको थियो । बैंकका अनुसार विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरुले मोबाइल मनी द्वारा कुनै पनि क्युआर भुक्तानी गर्दा १०% (प्रती व्यक्ति रु.५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो । साथै सो दिन क्युआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टससमेत प्राप्त गर्न सकिने थियो ।

बैंकका अनुसार मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा बैंकको ग्रीन प्याकेज (जस अन्तर्गत मोबइल मनि, डेबिट कार्ड, ईन्टरनेट बैंकइङ्ग तथा इमेल अलर्ट सुविधाहरु पर्दछ) १ वर्षको लागी निःशुल्क नविकरण गर्न पनि सक्ने छन् ।

ग्रीन बचत खाताको बारेमा थप जानकारी www.laxmibank.com/deposit/green-savings/ मा उपलब्ध रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७९ जेठ २२ आइतवार १७:३८ मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...