back
CTIZAN AD

मानिस आफैले आफ्नो ‘भोलि’ नष्ट गर्दैछ

वि.सं.२०७९ जेठ २२ आइतवार

948 

shares

आज जब हामी वातावरणको समस्यालाई विचार गर्छौं, तब प्रख्यात हिन्दी कवि पंकज चतुर्वेदीको कविताका यी पङ्क्तिहरू सम्झन मन लाग्छ । चतुर्वेदीले लेखेका छन् :

तिनीहरू चुस्न चाहन्छन्
रुखहरुको हरियाली
पहाडबाट अटलता
नदीहरुको प्रवाह
यीनीहरु बिना, कस्तो हुन्छ दुनियाँ ?

वास्तवमा यी केही प्रश्नहरू हुन्, त्यो प्रणाली र विकासको त्यो मोडलबाट, जसले प्रकृतिलाई स्रोतको रूपमा लिन्छन् र प्रकृतिबाट सबै कुरा खोस्न चाहन्छन्, जुनमाथि सबैको अधिकार छ। जो आज प्रकृतिको यो बहुमूल्य सम्पदालाई आफ्नै भण्डारमा मात्रै कैद गर्न लागिरहेका छन् ।

यो श्रृंखला युरोपमा आधुनिक औद्योगिक विकासको मोडेलसँगै अस्तित्वमा आएको हो। मानव समाजको सुख–समृद्धि, विलासिता–भोगका लागि प्रकृतिलाई मात्र स्रोतका रूपमा लिई शोषणका ती सबै उपायहरू अवलम्बन गरियो, विश्वका कुना–कुनामा समृद्धिका टापुहरू बनाइयो। अर्कोतर्फ, गरिबी–गरिबी, भोकमरी, अकाल मृत्यु जस्ता घटनाहरु घटे । यी घटनाहरूको प्रमुख कारण विश्वका धनी राष्ट्रहरूद्वारा प्राकृतिक स्रोतहरूमाथि गरिएको अव्यवस्थित, निर्दयी उपभोग र शोषण हो। गरिब देशका जनतालाई चाहिने स्रोतसाधनमा पहुँच आज पनि त्यति सजिलो छैन ।

फलस्वरूप, भोकमरीबाट मृत्यु प्रत्येक वर्ष बढ्दै गएको छ। पृथ्वीमा मानव जीवनका आधारभूत आवश्यकताहरू हावा, पानी र खाद्यान्नको संकट पनि बढ्दै गएको छ र स्वास्थ्यसम्बन्धी समस्याहरु पनि निरन्तर बढ्दै गएका छन् । हालै विश्वको प्रतिष्ठित जर्नल ‘द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नल’ मा बताइएको छ किन सन् २०१९ मा ९० लाख मानिसको मृत्यु प्रदुषणको कारण भएको छ । सन् २००० देखि वायु प्रदूषणबाट मृत्यु हुनेको संख्या ५५ प्रतिशतले बढेको छ ।

प्रतिवेदनमा यो पनि भनिएको छ कि विश्वका दुई धेरै जनसंख्या भएका देशहरू– चीन र भारत प्रदुषणबाट मृत्यु हुनेमा सबैभन्दा अगाडि छन् । यस अवधिमा प्रदूषणका कारण भारतमा २४ लाख र चीनमा २२ लाख मानिसले ज्यान गुमाएका छन् । प्रश्न उठ्छ, वायु प्रदूषणको लागि कुन कारकहरू जिम्मेवार छन् ? वायु प्रदुषण बढ्नुको कारण प्रकृति होइन मानव नै जिम्मेवार र जवाफदेही छ ।

प्रदूषित हावामा सास फेर्न बाध्य छ सिंगो मानव समाज

आज दिल्ली जस्तो शहर छिमेकी राज्यका किसानले पराल जाउँदा निस्सासिने अवस्थामा छ । सडकमा निस्कने सवारी साधनको धुवाँ र औद्योगिक कलकारखानाबाट निस्कने धुवाँबाट निस्कने कार्बन मोनोअक्साइडले मानिसको श्वासप्रश्वास प्रणालीमा कत्तिको घातक असर पारिरहेको छ, त्यो पीडितले मात्र बुझेका छन् । आज सडकमा सवारीसाधनको बाक्लो उपस्थितिले कुनै खास वर्गका लागि सवारीसाधन अति ‘स्टेटस सिम्बल’ बनेको छ तर, त्यसको पीडा कति भयावह छ भन्ने कुरा बुझिएको छैन ।

बढ्दो प्रदूषणकै कारण भारतको गंगाघाटीमा ८० प्रतिशत पित्तथैलीको क्यान्सरका बिरामी भेटिएका छन् । बनारस हिन्दू विश्वविद्यालयका डाक्टरहरूले आफ्नो भर्खरैको अनुसन्धानमा गंगाको पानीमा मिसिएको धातुको कारण ब्लड क्यान्सरको बढेको तथ्य पत्ता लगाए । यो अनुसन्धान अन्कोलोजी विभागका प्रमुख प्राध्यापक मनोज पाण्डे, प्राध्यापक भिके शुक्ला र उनीहरुको टोलीले गरेको हो । तीन सय बिरामीको ‘नमूना परीक्षण’ गरेपछि टोलीले यस्तो निष्कर्ष निकालेको थियो ।

प्रा. मनोज पाण्डेले औद्योगिक क्षेत्रबाट निस्कने फोहोरका कारण गंगाको पानीमा निकेल, आर्सेनिक कपर जस्ता धातु मिसिने गरेको बताउँछन् । यी धातुहरू जमिनको पानीका स्रोतहरूमा पनि पुग्छन्, जुन मेटाबोलाइज हुँदैन र मानव शरीरमा प्रवेश गर्दछन् । यी धातुहरूको उपस्थिति गंगाका सहायक नदीहरूमा पनि पाइन्छ। यस पानीबाट सिँचाइएका तरकारी तथा फलफूलबाट पनि यी तत्व मानव शरीरमा पुग्छन् । यी तत्वहरू मानव शरीरमा जीवनभर रहन्छन् । पटना महावीर क्यान्सर अस्पतालका सुपरिटेन्डेन्ट एलबी सिंह गंगा छेउछाउका सहरका बिरामीको ‘सम्पल सर्भे’मा प्रत्येक एक लाख जनसंख्यामा २५ देखि २५ जना बिरामी मूत्रथैलीको क्यान्सरबाट पीडित भएको बताए । प्रश्न यो छ कि शताब्दीयौंदेखि हामीले जीवनदाता–मोक्षदायिनी मानिरहने गंगा नदी नै किन हाम्रो मृत्युको कारण बनिरहेको छ । निःसन्देह यी सबै कारकहरू मानव निर्मित हुन्। र, यी समस्याको समाधान पनि हामीबाटै खोज्नुपर्छ ।

प्रकृतिको नोक्सान

प्रदुषणको बढ्दो समस्याका लागि प्रकृतिप्रति मानवीय व्यवहार र यसका विभिन्न गतिविधिहरू जिम्मेवार छन्। हामीले प्रकृतिप्रति कस्तो व्यवहार गर्नुपर्छ ? हाम्रा वैदिक ऋषिहरूले सभ्यताको समयदेखि नै हामीलाई यी विषयमा सचेत गर्दै आएका थिए । हाम्रो दार्शनिक चिन्तनको केन्द्रमा पनि मानव नै रहेको छ । वेद व्यासले महाभारतको शान्तिपर्वमा बताउनुभएको छ–

गुह्यं ब्रम्ह तदिदं ब्रवीमि
नहि मनुष्यात् श्रेष्ठतरं हि किंचित्

महर्षि वेदव्यास भन्नुहुन्छ– म तिमीलाई यो गोप्य ज्ञान सुनाउँछु, मनुष्यभन्दा श्रेष्ठ अरू केही छैन। तर प्रकृतिको सम्पूर्ण अमूल्य सम्पदा मानवजातिको आनन्द लिनको लागि मात्र होइन। हाम्रा वैदिक ऋषिहरूले पृथ्वी जगत, भूजगत, वनस्पति जगत र अन्तरिक्ष संसारमा शान्तिको लागि प्रार्थना गरेका छन्, ताकि तिनीहरूमा सद्भाव रहिरहोस् । यी मध्ये कुनै पनि असामान्य अवस्था वायुमण्डलमा प्रदूषणको कारण हुन सक्छ। हाम्रा वैदिक ऋषिहरूले भनेका छन्

– घौ शान्ति अंतरिक्ष शांतिस् पृथ्वी शांतिरापस्शांतिरोषधः शांतिस् वनस्पतयः शान्तिस्शांतिस्शांतिरेव शांतिस् सामा शांतिरेधि।।

यजुर्वेदमा हामी आदरपूर्वक पढ्छौं– वाननाम पतये नमः। वृक्षराणां पतये नमस्।औषधीनां पतये नमस्।।

यसको अर्थ, हाम्रा लागि नदी–वनस्पती, हाम्रा हिमालहरू माटो मात्र हुन्, ढुङ्गाहरू, नदीहरु र वनका रूखहरू निर्जीव काठ होइनन्, पूज्य देवता हुन्। जहाँ पृथ्वीलाई अथर्ववेदमा ‘माता भूमिस् पुत्रोकहं पृथिव्यास्’ भनिएको छ ।

प्रकृति पूजा

हाम्रा पूर्वजहरु रूखको पूजा गर्ने गर्दथे । हाम्रा ऋषिमुनीहरुले हामीलाई पृथ्वी, वन–जंगलन, हिमाल, नदी सबैको पुजा गर्दै संरक्षण गर्न सिकाएका थिए । उपनिषदको एक श्लोकमा भनिएको छ–

ईशावास्यमिदं सर्वं यत्किंच्, जगत्यां जगत् ।
तेन त्यक्तेन भुंजीथा मा गृद्वस् कस्वसिद्वनम् ।।

अर्थात् भगवान यस संसारको हरेक कणमा बास गर्नुहुन्छ। त्यसैले यसका प्रत्येक पदार्थलाई त्यागपूर्वक प्रयोग गर्नुपर्छ । यी प्राकृतिक पदार्थहरू आनन्दको लोभमा उपभोग गर्नु हुँदैन।

आज जलवायु परिवर्तन, वातावरणीय असन्तुलनको मुख्य कारण मानवभित्र पलाएको डरलाग्दो स्वार्थ हो । यो हाम्रो सबै पर्यावरणीय समस्याहरूको मूल कारण पनि हो। प्रकृतिप्रतिको हाम्रो दायित्व बुझ्न र बुझाउन सन् १९७२ देखि हामीले जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आएका छौं । यस अवसरमा हामीले हाम्रा ऋषिहरूलाई सम्झनै पर्दछ, जसले हामीलाई यी भयानक परिस्थितिहरूबारे चेतावनी दिनुभएको छ ।

इदं नमः ऋषिभ्यस् पूर्वजेभ्यस् पूर्वेभ्यस् पथिकद्भ्यस्। – ऋग्वेद

हाम्रा पूर्वज ऋषिहरूलाई नमन, जसले ज्ञानको बाटो बनाए, ताकि मानव समाज आफ्नो मार्गबाट कहिल्यै विचलित नहोस् । अमर उज्यालाबाट

वि.सं.२०७९ जेठ २२ आइतवार १७:५६ मा प्रकाशित

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...