काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले मन्त्रीहरु फेर्ने विषयमा आफ्नो पार्टीभित्र पनि आवाज उठिरहेको बताएका छन्। बुधबार संघीय संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै नेता पुनले यस्ताे बताएका हुन् ।
तर, उनले माओवादीभित्र औपचारिक रूपमा छलफल भने सुरू नभएकाे उनले बताए ।
‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन’, उनले भने, ‘तर, समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । काँग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ । यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ ।’
नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेर्ने निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवा पुर्याएकाे भएपनि सहमति हुन नसक्दा मन्त्री फेरबदल हुन सकेकाे छैन् । मन्त्री फेरबदलकाे निर्णयसँगै एसभित्र भने विवाद देखिएकाे छ ।
वि.सं.२०७९ जेठ २५ बुधवार १६:२१ मा प्रकाशित






























