back
CTIZAN AD

नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता

वि.सं.२०७९ जेठ २५ बुधवार

540 

shares

काठमाडौं । नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
महानगरपालिका र बैंकबीच सम्झौता भए संगै बैंकले महानगरपालिकाभित्र रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको हो ।

बैंकका अनुसार सर्वसाधारणले अब महानगर भित्र रहेका बैंकका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । नगर कार्यपालिकाको जेठ १६ गतेको निर्णयानुसार सार्बजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।

महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्ने बैंकले जनाएको छ ।No description available.

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तर दायित्वअन्तर्गत स्वयंले गर्ने जनाएको छ । साथै शौचालयको नियमित मर्मत, संभार र सरसफाई, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्ने बताइएको छ । बैंकका अनुसार यो सम्झौता पाँच वर्ष अवधिको लागि गरिएको हो ।

बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नव निर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने निती अनुरुप बैंकले पनि एक्यबद्घता जनाएको बताए । “नबिलको सँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैं सँगै अघि बढि रहन्छौं । नबिल बैंकले दिगो बैंकिङको अवधारणा अनुरुप काठमाडौंको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं ।,” उनले भने ।

No description available.

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मुल्याङ्कन प्रत्येक चार चार महिनामा गर्ने बैंकले जनाएको छ । यस सम्झौताले महानगरको सार्वजनिक शौचालयको सेवा लाई चुस्त र व्यवस्थित गर्न मद्दत पुर्याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

बैंकका अनुसार सन् १९८४ देखि बैंकले ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

वि.सं.२०७९ जेठ २५ बुधवार १६:२९ मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...