back

कविता : अतृप्त जलन

वि.सं.२०७९ जेठ २८ शनिवार

198 

shares
RBB AD
NTC AD

भुवन शिवाकोटी चौघरे, काठमाडौं

अग्लो पर्खाल चढ्न
तिम्रोलागि
मैले बनाएको थिएँ सिँढी

तिमी
आफै त्यो सिँढी चढेर
पर्खाल नाघेर आयौ
हृदयमा बसेर सुख भोग गर्यौ

कति छिट्टै अघायौ तिमी
हृदयतलमा अनुराग रित्तो नहुँदै
फर्कने कुरा गर्दैछौं
अब हृदयमा खुलेका ढोकाहरू
बन्द भइसके

दिलको दरवाजा खुलेर थुनिएपछि
हराएको साँचोविना
खोल्न सकिदैन

अतृप्त अनुरागको साँचो खोल्न
दुबै हात चाहिन्छ
तर यहाँ
एउटा हातै टुटेको छ
एउटा रहर अधुरो छ

फर्केर हेर
तिमी उक्लिएर आएको
सिँढीका खुट्टाहरू भाँचिएका छन्

तिमी फर्कनकै लागि
दिलबाट मिठा पलहरू भत्काएर
सिँढीको बाटो मर्मत गर्न
म सक्दिन ।

 

वि.सं.२०७९ जेठ २८ शनिवार ०८:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...