back

गजल

वि.सं.२०७९ जेठ २८ शनिवार

222 

shares
RBB AD
NTC AD

पौडेल विमुन्स, पोखरा कास्की

निर्दयताको रूप भयङ्कर छनक नपाई
निर्बल अबला यसरी फँस्छिन् बेचिनलाई

बन्दछ प्रेमी बाँड्दछ मायाँ अतुल किसिमको
प्रतिदिन उसले गोप्य तवरले खन्दछ खाई

जीवन चोर्यो हरदम लुक्दै उसले सजिलै
लाज चिहायो डगरडगरमा ढोल बजाई

बोक्दै छ विम्ब सागर जस्तै प्रश्न हियामा
विचलित पार्ने उत्तर देऊ भन्दछ आई

बग्दछ आँखा असफलताको धाप पिएर
दुस्मन हाँस्दै सुखद प्रहरको दिन्छ बधाई

बहर : मीर
अर्कान : २२२ २२२ २२२ २२२
८ र १६ मात्रामा अडान हुनुपर्ने ।

वि.सं.२०७९ जेठ २८ शनिवार ०८:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

नवलपरासी । साहित्य, संस्कृति र कला– पर्यटन प्रवर्द्धनका शृङ्खला नाराका...

कविता : अन्तिम गीत

कविता : अन्तिम गीत

बाबुराम न्यौपाने, दमक, झापा सगरमाथाको कञ्चन पानी पहाडी नागबेली घुम्ती...

सुसेली

सुसेली

रामचन्द्र दाहाल, कपन १. बेनी बजार सानो देश नेपाल ब्वाँसा...

टुक्का कविताहरू

टुक्का कविताहरू

सुरेशकुमार पाण्डे, दाङ, घोराही १. छाडौँ आजै कुनै छ भने...

गजल

गजल

केशवप्रसाद ढकाल ’प्रीतबीज’ सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा धरा धाम सारा...

गजल

गजल

उत्तम विचार, नुवाकोट हिजो राख्छु भन्थ्यो अधरमा उसैले पु¥याएर छाड्यो...