back
CTIZAN AD

कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण

वि.सं.२०७९ जेठ २८ शनिवार

1.9K 

shares

बनियानी । झापाको बिर्तामोड नगरपालिकाले ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको हो ।

कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिएका छन् । “नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो”, उनले भने, “विसं २०७४ यता ५०० बाख्रा र १६५ खोर निर्माण गरिएको छ ।” उनले बाख्राको खोर निर्माणका लागि मात्र रु ४१ लाख खर्च भएको बताए ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंले ग्रामीण क्षेत्रका कृषकको जीवनस्तर उकास्न यो कार्यक्रम ल्याइएको बताइन् । उनले भनिन् ,“यस कार्यक्रमबाट धेरै कृषकले लाभान्वित हुनुभएको छ” । कुनै पनि कारणले बाख्रा मर्यो भने त्यसको प्रमाणसहित आएमा अर्को बाख्रा उपलब्ध गराइने उनले बताइन् ।

यसैबीच, नगरपालिकाले वडा नम्बर ८ मा १५ जना कृषकलाई तीन वटाका दरले ४५ वटा र किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहलाई एउटा बोयर जातको बीउ बोका वितरण गरेको छ । यसअघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७ को श्रीजङ्घा बाख्रापालन कृषक समूह र हरियाली बाख्रापालन समूहले आफ्नो दायित्वअनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहका कृषकलाई वितरण गरिएको हो । रासस/फाइल फोटो

वि.सं.२०७९ जेठ २८ शनिवार १२:१५ मा प्रकाशित

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...