back
CTIZAN AD

नौमती बाजा संरक्षणमा मगर युवा

वि.सं.२०७९ जेठ २८ शनिवार

3.3K 

shares

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँका मगर युवाहरु नौमती बाजा संरक्षणमा लागिपरेका छन् । गाम्रीण तथा सहरी क्षेत्रमा नेपाली परम्परागत बाजा नौमतीको धुन गुञ्जिन छाडे पछि चाड पर्वलगायत शुभ कार्यका बेला सुनसान जस्तो बन्दै आएको थियो । पछिल्ला वर्षहरुमा यहाँका मगर जातिका युवाको अग्रसरताले नौमती बाजाको धुन सुनिन थालेको हो ।

रानीमहल पञ्चेबाजा मगर समूहका उपाध्यक्ष टीकाबहादुर बाह्रघरेले भने, “गाउँ तथा सहरमा समेत बाजा बजाउने माग आइरहेको छ । पुर्खाको कला र सीप संरक्षणका लागि हामीले चासो दिएका मात्र हौँ । ” यो पेसाको संरक्षणले नेपाली समाजलाई फाइदा पुगेको बाह्रघरेले बताए । गाउँमा पञ्चेबाजाको धुन गुञ्जिन छाडेको वर्षौंपछि पहिला सीप सिकेका केही युवा जुरमुराए अनि समूह बनाएर पञ्चेबाजा बजाउन थालेका हुन् । पञ्चेबाजा देवीदेवताको मन्दिरमा बजाइन्छ भने नौमती बाजा रमाइलोका लागि बजाइने गरिन्छ ।

अहिले नौमतीको धुनसँगै विवाह, व्रतबन्ध मात्र नभएर विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम, पर्वमा पनि नौमतीको माग हुन थालेपछि समूहसँगै व्यक्तिगत रूपमा पनि उनीहरूको आय बढेको छ । पारिश्रमिकको केही भाग बाजा मर्मत तथा संरक्षणका लागि कोषमा राख्ने गरिएको समूहका सदस्य भेषबहादुर बाह्रघरेले बताए । बाजाको धुन गुञ्जिन थालेपछि जो कोहीलाई उत्साहित बनाउने गर्छ । नौमती बाजा बजाउने चलन नेपालको परम्परादेखि चलिएको हो । यस्ता खालका बाजा बजाउने मानिस हराउन थालेपछि स्थानीय सरकारले संरक्षणका लागि सहयोग गर्दै आएको छ ।

मगर युवाले परियार जातिका मानिसलाई गाउँमा बोलाई बाजा बजाउन सिकेका थिए । एक महिनामै बाजा बजाउन सिकेपछि शुभकार्य तथा मनोरञ्जनका लागि उनीहरु बाजा बजाउन व्यस्त हुन थालेका छन् । मगर जातिका युवाले बाजा बजाई दर्शकलाई पनि नचाउन थालेपछि स्थानीय बासिन्दा पनि दङ्ग छन् । परियार जातिका युवाले बाजा बजाउन छाडेपछि शुभकार्य पनि सुनसान जस्तै हुन थालेको थियो । यहाँका मगर जातिका युवाले विसं २०६२ मा रानीमहल पञ्चेबाजा मगर समूह स्थापना गरी नौमती बाजाको संरक्षणमा जुटेका हुन् ।

सामाजिक विभेद र आर्थिक सङ्कटका कारण दलित समुदायका परम्परागत पेसा बिस्तारै लोप हुन लागेकाले यसको संरक्षणका लागि राज्यको चासो बढाउन आवश्यक रहेको दलित अधिकारकर्मीको भनाइ थियो ।रासस

वि.सं.२०७९ जेठ २८ शनिवार १२:५७ मा प्रकाशित

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...