काठमाडौं । पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्रीको अभियान सुरुवातसँगै नेपालमा आफ्ना वेभरेजहरुको उपलब्धतालाई बढाएको छ । कम्पनीले ग्राहकहरुलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारीका साथ बिक्रिको सुरुवात गरेको हो ।
यस ब्राण्डले नेपालमा पहिलो पटक ‘द स्टिङ्ग इनर्जी’ प्रचार अभियान अघि बढाएको जनाएको छ । कम्पनीले यस अभियान अन्तर्गत एक नयाँ जीवन्त टिभिसि विज्ञापनद्वारा ब्राण्डको ऊर्जा प्रतिबद्धतालाई रचनात्मक एवं रमाइलो तरिकाद्वारा दर्शाइएको दावी गरेको छ ।
कम्पनीका अनुसार टिभिसिले रचनात्मक ढंगबाट ग्राहकहरुलाई स्टिङ्गको ऊर्जाशील स्वादको आनन्द लिंदै उनीहरुको पललाई ऊर्जामय बनाउन हौस्याने कम्पनीले जनाएको छ । टिभिसिले कसरी स्टिङ्गको मात्र एक घुँट लिनासाथयुवकमाऊर्जा जागेर आउँछ भन्ने देखाउन खोजिएको छ ।
बिक्री शुभारम्भको अवसरमा पेप्सीको नेपालका वरिष्ठ बजार निर्देशक नसीब पुरीले इनर्जीले भरपूर ब्राण्ड नेपालमा ल्याउन पाएकोमा हर्षित भएको बताए । पुरीले भने, ‘स्टिङ्ग असाधारण रुपमै एक उत्कृष्ट स्वादको ड्रिङ्क हो जसले शरीरलाई मात्र नभई मस्तिष्कलाई समेत झकझकाउँछ । हामीलाई विश्वास छ, स्टिङ्गले देशभरका युवाहरुको मन मुटु, मस्तिष्क र स्वादमा राज गर्नेछ र यो नयाँमनोरञ्जक अभियानले हाम्रा ग्राहकहरु जो सधैं सक्रिय हुनुहुन्छ वहाँहरुसंग बलियो रुपमा प्रतिध्वनित हुनेछ ।’
कम्पनीले नयाँ स्टिङ्ग टिभिसि टिभि, डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा व्यापक रुपमा प्रदर्शन गर्ने जनाएको छ । अभियानलाई वर्षैभरी नै विभिन्न ग्राहक सम्पर्क केन्द्रहरु मार्फत् देशव्यापी रुपमा व्यापक बनाइने बताइएको छ । कम्पनीका अनुसार स्टिङ्ग २५० मिलिको प्याकमा नेपालका सबै आधुनिक एवं परम्परागत फुटकर बिक्री स्थलहरुलगायत अग्रणी इ कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध हुनेछ ।
वि.सं.२०७९ जेठ २९ आइतवार ११:४७ मा प्रकाशित





























