back
CTIZAN AD

गैरआवासीय नेपाली संघद्वारा प्रधानमन्त्रीसँग भेटघाट

वि.सं.२०७९ जेठ २९ आइतवार

672 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

संघका कार्यकारी अध्यक्ष कूल आचार्य र अर्का अध्यक्ष डा बद्री के.सीसहित गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेटघाट गरी आउने १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विषयमा हुन लागेको एक दिने कार्यशालामा प्रमुख आतिथ्यताका लागि अनुरोध गरेको हो ।

सो भेटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र थाईल्याण्डमा रहेका नेपालीहरुको पहिचानको समस्या बारे अवगत गराउँदै उनीहरुलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका थिए । सो टोलीले नेपाल सरकारले हालै पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषयहरु संबोधन भएकोमा नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गरेको थियो ।

प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलले कार्यशालामा प्रमुख आतिथ्यताका लागि अनुरोध गरेकोमा धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यतालिका हेरेर उपस्थित हुने जानकारी गराएको एनआरएनए सचिवालयले जनाएको छ ।

प्रतिनिधि मण्डलले उठाएका विषयहरुमा चासो लिदै त्यस विषयहरुप्रति नेपाल सरकार सकारात्मक रहेको जनाइएकाे छ । भेटघाट कार्यक्रममा उपाध्यक्ष नरेन्द भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसिसि पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघले यही आउने १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला प्रत्यक्ष तथा जुम प्रविधिमार्फत आयोजना हुन गईरहेको छ ।

कार्यक्रममा सहभागीताका लागि नेपाल सरकार सम्बन्धित मन्त्रालयहरु, राजनैतिक दलहरु र सरोकारवालाहरु संग भेटघाटको क्रम रहेको पनि सचिवालयले जनाएको छ ।

वि.सं.२०७९ जेठ २९ आइतवार १३:५६ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...