back
CTIZAN AD

दिदीको घरमा आएका भाइको हत्या गरेको अभियोगमा भिनाजुसहित पाँच पक्राउ

वि.सं.२०७९ जेठ ३१ मंगलवार

681 

shares

पर्सा । पर्सामा दिदीको घरमा बस्न आएका भाइको हत्या भएको छ ।

बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोलका ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले उनका भिनाजु हिरामन महरा,सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ का ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् ।

शनिबार बिहान जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो । उनीहरुमध्ये हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति मृतकको भिनाजु हिरामन महरा समेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार १५:४९ मा प्रकाशित

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...