back
CTIZAN AD

युक्रेनलाई उस्काउँदै पश्चिमा : म्याक्रोन, स्कोल्ज र द्राघी पुगे कीभ

वि.सं.२०७९ असार २ बिहीवार

888 

shares

काठमाडाैं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार कीभ आइपुगेका छन्।

नेताहरू पोल्याण्डबाट विशेष ट्रेन चढेर त्यहाँ पुगेको तस्बिर एएफपीले सार्वजनिक गरेको छ । तस्बिरमा उनीहरूलाई युक्रेनी राजधानीको प्लेटफर्ममा ओर्लिरहेको देखाइएको छ। शक्तिराष्ट्रका नेताहरूको यस किसिमको युक्रेनको सामूहिक भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणपछिको पहिलो हो।

म्याक्रोनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने र “नरसंहार भएको युद्धस्थलमा जाने” बताएका छन्। त्यस्तै फ्रान्सेली नेताले कीभ नजिकका शहरहरूमा जारी रुसी अत्याचारलाई “युद्ध अपराध” भनेका छन्।

“यो युक्रेनी पुरुष र महिलाहरूलाई सम्बोधन गरिएको युरोपेली एकताको सन्देश हो,” म्याक्रोनले ट्रेनबाट ओर्लँदै भने। उनले भने- वर्तमान र भविष्य दुबैको बारेमा कुरा गर्न आफूहरू त्यहाँ पुगेको तर त्यो विषय धेरै गाह्रो हुनेछ।

युक्रेनले युरोपेली संघमा सामेल हुन आधिकारिक उम्मेदवारको हैसियत दिन दबाब दिइरहेको बेला यो भ्रमण भएको हो। तीनै जना नेताहरूले बिहीबार बिहान पोल्याण्डबाट कीभका लागि विशेष ट्रेनमा यात्रा गरेका थिए।

जर्मन मिडियाले उनीहरूलाई पोल्याण्डको दक्षिण-पूर्वी शहर रजेस्जोमा “रातमा” भेटेको बताएको छ जहाँ अन्तरराष्ट्रिय विमानस्थल छ। फ्रान्सेली नेताले भर्खरै युक्रेनको छिमेकी राष्ट्र मोल्डोभाको भ्रमण पूरा गरेका थिए।

रोमानियाका नेता क्लाउस इओहानिस बिहीबारपछि कीभमा आफ्ना फ्रान्सेली, जर्मन र इटालियन समकक्षीहरूसँग सामेल हुन लागेका छन्। अन्य पश्चिमी नेताहरूले पनि हालैका हप्ताहरूमा कीभको भ्रमण गरेका छन् ।

वि.सं.२०७९ असार २ बिहीवार १५:५१ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...