back
CTIZAN AD

पालिकाद्वारा बाख्रा र बङ्गुर वितरण

वि.सं.२०७९ असार ४ शनिवार

909 

shares

इनरुवा । सुनसरीको कोसी गाउँपालिकाले न्यून आय भएका परिवारलाई बाख्रा र बङ्गुर वितरण गरेको छ । गाउँपालिकाले स्थानीय जातका पशु चौपाया पालनपोषण गरे पनि आम्दानी गर्न नसकेका न्यून आय भएका परिवारलाई उन्नत जातका बाख्रा र बङ्गुर वितरण गरेको हो ।

सुनसरीको कोसी गाउँपालिका-१ की मुन्नी मरिक लामो समयदेखि बङ्गुरपालन गर्दै आएकी छन् । उनीसँग उन्नत जातका बङ्गुर भने थिएनन् । मरिकले सोचेअनुसारको आम्दानी गर्न सकेकी थिइनन् । बङ्गुरपालन गर्दा मरिकको अत्यधिक खर्च भएको छ । तर खर्चअनुसारको आम्दानी भने हुन सकेको छैन ।

ललिता मरिकको समस्या पनि मुन्नीको जस्तै छ । केही समय अघिसम्म बङ्गुरपालन गर्दा दाना, औषधि उपचार र स्याहारसुसारमा समय लाग्ने गरेकाले ललिता पाल्ने न पाल्ने भन्ने दोधारमा थिइन् । पछिल्लो समय भने उन्नत जातको बङ्गुरपालनबाट सोचेकोभन्दा बढी आम्दानी हुने आशले उनी यसमा कम्मर कसेर लागेकी छन् ।

त्यसैगरी गाउँपालिका-५ की महावती सदाले पनि बाख्रापालन गर्दै आएकी थिइन् । कोसी कटान क्षेत्रमा अधिकांश खेत बगर रहेका कारणले सदाले स्थानीय जातको बाख्रापालन गर्दै आएकी छन् । बाख्रापालन गर्दा लाग्ने खर्च र मेहनतअनुसारको परिश्रम पाउन कठिनाइ हुँदै आएपछि उनी समस्यामा छिन् ।

स्थानीय जातको बाख्रापालन गर्दा औषधि उपचार, घाँस, स्याहारसुसार गर्दा खर्च र मेहनत निकै लाग्ने गरेको भए पनि सोअनुसारको आम्दानी नहुँदा के गर्ने भने समस्याले सदा परिवारलाई पिरोलिरहेको छ । सोही ठाउँकी रुवि सदाको अवस्था पनि ललिताकोभन्दा कम थिएन । स्थानीय जातको बाख्राले खासै आम्दानी नदिएपछि उनी अन्य पेशाको खोजीमा थिइन् ।

पछिल्लो समय कोसी गाउँपालिकाले उन्नत जातको बङ्गुर र बाख्रा दिएपछि अहिले त्यस क्षेत्रका न्यून आय भएका परिवार खुसी छन् । पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत कोसी गाउँपालिका-१ का २५ परिवारलाई उन्नत जातको बङ्गुर र कोसी-५ स्थित प्रभाकर टोलका २२ सदा र मरिक समुदायका किसानलाई बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।

तालिम प्राप्तसमेत गरेका उनीहरुले उन्नत जातको बाख्रा र बङ्गुर पाएपछि आम्दानी हुने उद्देश्यका साथ लागिपरेका छन् । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउने योजनाअनुसार बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । ‘अध्यक्ष कृषि आधुनिकीकरण योजना’बाट ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्न सहयोग पुगेको उनको भनाइ छ ।रासस

वि.सं.२०७९ असार ४ शनिवार १४:३९ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...