back
CTIZAN AD

मलको अभाव भोगिरहेका किसानद्वारा दुई गाडी मल नियन्त्रणमा

वि.सं.२०७९ असार ४ शनिवार

1.1K 

shares

धादिङ । रासायनिक मलको हाहाकार भएको अवस्थामा धुनिवेशी नगरपालिका–६ धार्केमा दुई ट्रकमा ल्याइएको रासायनिक युरिया मल स्थानीय किसानले नियन्त्रणमा लिएका छन् । भारतबाट भन्सार छलि गरेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् ।

भन्सार छलि गरेर ल्याइँदै गरिएका दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा किसानलाई जानकारी गराइएपछि झन्डै ५०० किसानले पृथ्वी राजमार्गको बीच सडकमा ट्रक रोकेर नियन्त्रणमा लिएका स्थानीय किसानले जानकारी दिएका छन् ।
भन्सार छलेर ल्याइएको मल नियन्त्रणमा लिएको राजस्व विभागले सुरक्षाकर्मी भएको अवस्थामा किसानले मल ट्रकबाट झिकेर गाउँतिर लगेका हुन् । किसानले मल लगिसकेपछि आएको सशस्त्र प्रहरीले केही बोरा मल भने फिर्ता गरेर ईलाका प्रहरी कार्यालय खानीखोलामा राखेको छ ।

एउटा १० चक्के ट्रकमा २१ टन मल र अर्काे १० चक्के ट्रकमा १५० बोरा मल ल्याइएको थियो । भारतीय सरकारले अनुदानमा दिनका लागि तयार मल नेपाल आउँदै थियो । सोही मल यहाँका किसानले लगेका हुन् । व्यापारीहरुले केही समयदेखि भन्सार छलि गर्दै यहाँका स्थानीय बजारमा मल कालोबजारी गर्दै बेच्दै आएको आरोप पनि लागेको छ ।

विशेष सुराकीका आधारमा राजस्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाइएको किसानले बताएका छन् । करिब ५०० बोरा मल किसानले कब्जा गरेर लगेको बताइएको छ । किसानले मल नियन्त्रण गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहार पनि गरेको छ ।रासस

वि.सं.२०७९ असार ४ शनिवार २०:१४ मा प्रकाशित

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...