back
CTIZAN AD

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच युक्रेनमा भेटवार्ता

वि.सं.२०७९ असार ४ शनिवार

1.1K 

shares

किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच शुक्रबार भेटवार्ता भएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछिको अवस्थाका बारेमा उनीहरूका बीचमा छलफल केन्द्रित भएको जनाइएको छ । युक्रेनका राष्ट्रपति जेलेनेन्सकीसँग छलफल गर्न बेलायतका प्रधानमन्त्री जोनसन युक्रेन नै आएका छन् ।

दुवै पक्षका अधिकारीहरूले दिएको जानकारी अनुसार विषेश गरेर सुरक्षाको अवस्था र सहयोगको आवश्यकताका बारेमा उनीहरूले छलफल गरेका थिए ।

रुसले आक्रमण गरिरहेकाले युक्रेनको तर्फबाट जबाफी कारबाहीका लागि आवश्यक हतियार तथा सुरक्षा सामग्री कसरी जुटाउने भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

बैठकपछि युक्रेनका राष्ट्रपति जेलेनेस्कीले भने, “ठूला हतियार तथा सुरक्षा सामग्रीहरूको आयात कसरी बढाउने भन्ने बारेमा हामीले छलफल गरेका छौँ ।”

युक्रेनका लागि अहिलेको मुख्य चासोको विषय भनेकै हतियार व्यवस्थापन भएकाले त्यस तर्फ नयाँ कदम चाल्ने सहमति भएको उनको भनाई छ ।

युक्रेनको आवश्यकता र अनुरोधलाई बेलायती प्रधानमन्त्री जोनसनले सहजतापूर्वक स्वीकार गर्दै पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाएको जेलेनेस्कीले जानकारी दिए ।

युक्रेनमाथि रुसले आक्रमण गरेपछि अधिकांश देशले त्यसको विरोध गरेका छन् । उनीहरूले युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् । तर युद्ध लम्बिँदै गएकाले श्रोत साधनको अभाव पनि हुँदै गएको छ । त्यसैले युक्रेनले सहयोग बढाउन आफ्ना समर्थक सबै देशहरूलाई अनुरोध गरेको छ । सिन्ह्वा

वि.सं.२०७९ असार ४ शनिवार १६:०४ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...